जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

- June 11, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, काठमाडौं, काठमाडौं महानगरपालिका-६ बौद्ध रामहिटीस्थित छिरिङ लामाको घरमा जुवातास खेलिरहेको अबस्थामा  रामहिटी बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका घर भएका ३३ वर्षीया रेवती लामा समेत ७ जनालाई नगद ३३ हजार २ सय ८५ रुपैयाँ र ३ बुक तास सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरको छ । जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

काभ्रे, बनेपा नगरपालिका-१ टुकुचा बस्ने ३४ वर्षीय योगेश श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा योगेश समेत ५ जनालाई नगद १ लाख ७१ हजार रुपैयाँ र १ सय ६० पिस तास सहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो । जुवातास खेलिरहेको  भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-१३ लामादहरा बस्ने ४३ वर्षीय राजु तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा राजु समेत ७ जनालाई नगद २५ हजार ४ सय ९५ रुपैयाँ र ३ बुक तास सहित सोमबार बेलुका प्रहरीले पक्राउ गरको छ ।

जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

साथै कास्की, पोखरा महानगरपालिका-५ मालेपाटनस्थित होटल बाँसघारीमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय दिपसन गुरुङ समेत ६ जनालाई नगद ५२ हजार ६० रुपैयाँ र ४ बुक तास सहित सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!