कांग्रेस जागरण : कार्यकर्ता त जागे नेताको जागरण कहिले ?

- June 9, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानको पहिलो चरण सम्पन्न भएको छ । २०७४ सालमा सम्पन्न निर्वाचनमा पराजय व्यहोरेपछि नेपाली कांग्रेस यतिबेला मुख्य विपक्षीको भूमिकामा छ ।

निर्वाचनको हार समीक्षा गर्न वर्ष दिन खर्चेको कांग्रेसले आन्तरिक संगठन चलायमान गराउने उद्देश्यले गत वैशाख २५ गतेदेखि ‘हिमाल, पहाड, तराई, मधेस नेपाली कांग्रेस राष्ट्रिय जनजागरण अभियान’ सुरु भएको थियो ।

अभियानको पहिलो चरण सम्पन्न हु“दा कांग्रेसको स्थानीय तहसम्म सकारात्मक सञ्चार भएको छ । यद्यपि पहिलो चरणको कार्यक्रमले कार्यकर्तामा जागरण आए पनि नेताहरूमा जागरण बा“की रहेको पुष्टि गरेको छ ।

गत वैशाख २५ मा कांग्रेसको जागरण अभियान देशभर एकैसाथ सुरु भएको थियो । पहिलो चरणमा हरेक जिल्लामा कांग्रेसले प्रतिनिधि खटाएको थियो ।

खटिएका प्रतिनिधिहरूलाई एक महिनासम्म सम्बन्धित जिल्लामा रहेर संगठन सुधार र सरकारको भन्डाफोरका लागि विभिन्न काम गर्न कार्यादेश दिइएको थियो ।

विकट जिल्लामा पुगेका बाहेक अधिकांश नेताहरू पूरा एक महिना सम्बन्धित जिल्लामा बसेनन् भने अधिकांश केन्द्रीय नेता सदरमुकामसम्म मात्रै पुगेर पर्केर आए ।

यसबाट तल्लो तहसम्म जागरण अभियानको कार्यक्रम कुरेर बसेका कार्यकर्ता निराश बनेका छन् । अर्कोतिर केन्द्रीय नेताहरूले जागरण अभियानलाई पनि आफ्नो स्वार्थसिद्ध गर्न उपयोग गरेपछि कार्यकर्ता पंक्ति सन्तुष्ट छैन ।

गत संसदीय निर्वाचनमा हार व्यहारेपछि कांग्रेसभित्र हारको कारण खोजी हुनै समय लाग्यो । कम्युनिस्टहरू मिलेकाले पार्टीको हार भयो भन्ने सहज उत्तर दिएर सभापति शेरबहादुर देउवा आफ्नो दायित्वबाट पन्छिए ।

अर्कोतिर टिकट वितरणमा सँगसँगै सहाकार्य गरेर पनि हारपछि सभापतिले जिम्मेवारी लिुनपर्छ भन्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष लागि प¥यो । यहीकारण हारको वस्तुनिष्ट समीक्षा पनि नगरिकन कांग्रेसले आफ्नो समीक्षा बैठक टुंग्यायो ।

इतिहासकै सबैभन्दा कमजोर स्थितिमा पुग्नुको कारण पत्ता लगाउनुको साटो कांग्रेसले हारको जिम्मा वाम एकतालाई दियो । यही कारण कार्यकर्ताहरू निराश थिए । सत्तामा रहेका बखत पार्टीले गरेका कतिपय गलत निर्णयका कारण पार्टीको लोकप्रियता खस्केको हो भन्नेमा कार्यकर्ताहरू सहमत थिए । तर यो सत्यलाई नेताहरूले स्वीकार गरेनन् ।

एकातिर हारको समीक्षा ठीक ढंगले नहुनु अर्कोतिर पार्टीको आन्तरिक गतिविधि ठीकठाक नहुनु । यी दुवै कारणले कांग्रेस कार्यकर्ताको मनोबल गिरिरहेको थियो । पार्टीका पादधिकारीदेखि केन्द्रीय समितिसम्म रिक्त थिए । सबै विभागहरू रिक्त थिए । पार्टीका महत्वपूर्ण भ्रातृ संस्थाहरू लथालिंग रहेको अवस्थामा कांग्रेसले निर्णय ग¥यो राष्ट्रिय जागरण अभियान गर्ने ।

महाधिवेशन हुनुपर्ने वर्ष जागरण अभियानको घोषणा हुनुले कतिपयलाई महाधिवेशन सार्ने षड्यन्त्र झै लाग्यो । महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुको साटो नौ महिना लामो कार्यतालिका जागरण अभियानको आयो । यही कारण पार्टीभित्रको ठूलो पंक्ति निराश रह्यो । निराशाका बीच सुरु भएको जागरण अभियानका विभिन्न उद्देश्य थिए ।

तर खटिएका केन्द्रीय प्रतिनिधिले उद्देश्य प्राप्तिभन्दा व्यक्तिगत स्वार्थसिद्ध गर्नमा आफूलाई केन्द्रित गरे । सम्बन्धित जिल्लामा रहेका आफ्नो गुटका नेताहरूलाई प्रवद्र्धन गर्न केन्द्रीय प्रतिनिधिहरू तत्पर रहे । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरू जहाँजहाँ पुगे पार्टीको आन्तरिक विषयमा मुख खोले ।

वरिष्ठ नेता पौडेलले कतिपय जिल्लामा नेतृत्व असफल भएको बताए भने सभापति देउवाले अन्तर्घातीलाई कारबाही गर्दा पार्टी रित्तिन सक्ने अभिव्यक्ति दिए । चुनाव हराउन मुख्य भूमिका खेलेकाहरूलाई कारबाही गर्न गठित अनुशासन समितिले काम गर्न नसक्ने दुर्भाग्य रह्यो । अर्कोतिर सभापति स्वयं हरेकजसो मञ्चमा पार्टीका आन्तरिक विषयमा बोल्न थाले ।

अधिकांश मञ्चमा सभापति देउवाले पार्टीभित्रको विपक्षी खेमालाई गाली गर्ने क्रम जारी राखे । यस्तो प्रवृत्तिले जनतालाई निराश बनायो । कार्यकर्ताहरूको मनोबल अझ गि¥यो । त्यस उप्रान्त हरेक जिल्लाका कार्यकर्ताहरूले जागरण आफूहरूका लागि नभई शीर्ष नेताका लागि आवश्यक रहेको प्रतिक्रिया दिएका छन् ।

‘पहिलो चरणको अभियान सकिँदा जागरण कार्यकर्तामा नभई नेतामा आवश्यक रहेको पुष्टि भएको छ । केन्द्रीय नेताहरू एकान्त बैठक गरेर मन माझामाझ गरेर पार्टी सुर्धानु निस्वार्थ बनेर आउन् भन्ने कार्यकर्ताको सुझाव छ ।’, एक कांग्रेस नेताले देशान्तरसँग भने ।

उनले पार्टीभित्र आन्तरिक विषय विवादमा रहेकोले जागरण अभियानमा ती सवाल उठेको बताए । ‘यो अभियान त एक वर्ष अगाडि हुनुपथ्र्यो । चुनावको बेला जागरण अभियान भनेर महाधिवेशन पर धेकेल्नेमात्रै काम भयो । खास उपलब्धि भएन ।’, ती नेताले भने ।

कांग्रेसको संस्थापन पक्ष भने जागरण अभियान सफल भएको ठान्दछ । उपसभापति विमलेन्द्र निधि नेतृत्वको प्रशिक्षण प्रतिष्ठानले पनि जागरण अभियानलाई लक्षित गरेर विभन्न कार्यक्रम घोषणा गरेको थियो । तर ती कार्यक्रम पनि गुट प्रभावी भएको भन्दै आलोचना भयो । मुख्य भ्रातृ संस्थाको रूपमा रहेको नेपाल विद्यार्थी संघको जागरण अभियानभरि कुनै भूमिका रहेन ।

नैनसिंह महरले राजीनामा दिएपछि नेविसंघ नेतृत्व रिक्त रहनुको प्रत्यक्ष असर जागरण अभियानमा देखिएन । तरुण दलमा चार जनामात्रै पदाधिकारीले संगठन चलाइरहेको थिए । जागरण अभियान अघि कार्य समितिलाई पूर्णरूप दिन नसक्दा तरुण दलको भूमिका पनि अपेक्षित भएन ।

‘तरुण दललाई पूर्णता नदिएर कांग्रेसका युवाहरू कसरी आकर्षित हुन्छन् ? तरुण दल नेताको स्वागतमा उभियो तर जिल्लाजिल्लामा कांग्रेसको जागरण अभियानलाई सोचे जति प्रभावकारी बनाउन तरुण दल सफल भएन ।’, तरुण दलका एक पदाधिकारीले भने ।

जागरण अभियानको पहिलो चरणले जिल्ला र स्थानीय तहमा कांग्रेसको क्रियाशीलता बढाएको सत्य हो । जागरण अभियानकै कारण कतिपय नेता कार्यकर्ता जिल्ला फर्किए भने पार्टीको कार्यक्रम नियमित हुँदा कार्यकर्ताहरू पनि व्यस्त रहे ।

तल्लो तहका कार्यकर्ताहरू परिचालन गराउन जागरण अभियान सफल भए पनि ठोस सन्देश दिन भने असफल रह्यो । मुख्य विपक्षी दलका रूपमा पार्टीको भूमिका प्रभावकारी नभएको गुनासो बढिरहँदा थालिएको जागरण अभियानले कतिपय राष्ट्रिय एजेन्डाबारे पार्टीको धारणा जिल्लासम्म पु¥याउन मद्दत ग¥यो ।

तर पार्टीका शीर्ष नेताहरूबीचको आरोप प्रत्यारोप र जुहारीले जागरण अभियानको खास लक्ष्य हासिल हुन सकेन । पार्टी संस्थापन पक्षका नेताहरू जागरण अभियानको पहिलो चरण सफल भएको दाबी गर्छन् ।

‘पहिलो चरणमा पार्टीको सबै संरचना परिचालन भएको छ । निर्वाचनपछि बोलचाल बन्द भएका नेताहरू पनि एउटै कार्यक्रममा देखिएका छन् । समग्रमा कांग्रेसभित्र नयाँ ढंगको वातावरण बनाउन अभियान सफल रह्यो ।’, सभापति देउवा निकट एक नेताले भने ।

जागरण अभियानको दोस्रो चरण भदौ २४ गते बीपी जयन्तीका दिन प्रारम्भ भई असोज ७ गते सकिनेछ । दोस्रो चरणमा तीन सय ३० प्रदेश निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रम हुनेछ भने तेस्रो चरणमा सात सय ५३ स्थानीय तह केन्द्रित कार्यक्रम गरिनेछ,  देशान्तरमा उल्लेख छ ।

तेस्रो चरण पुस ७ गते सुरु भएर १६ गते सकिनेछ । जागरण अभियानको पहिलो चरणले कांग्रेसका कार्यकर्ताहरूमा जागरण ल्याए पनि नेताहरूमा जागरण आउन बाँकी रहेको सन्देश दिएको छ । 

नयाँ चरणका कार्यक्रमहरू सुरु हुनेबेलासम्म पार्टीको भ्रातृ संस्था, विभाग र अन्य संरचना ठीकठाक हुनुपर्ने र नेताहरूबीच आरोप प्रत्यारोप रोकिनुपर्ने अधिकांशको सुझाव छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!