सभामुख महरासँगको हिमचिम देखाएर सुष्माको नौटंकी

- June 7, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, सभामुख कृष्णबहादुर महराको नाम भजाएर एक जना व्युटीपार्लर संचालन गर्ने महिलाले प्रहरी, प्रशासन र सर्वसाधारणहरूलाई धम्काउने गरेको रहस्य बाहिर आएको छ ।

सुन्धारास्थित ‘काठमाडौं मल’ ब्यूटी पार्लर र फेसियल हाउस सञ्चालन गर्दै आएकी सुष्मा श्रेष्ठ (महरा) ले सभामुख महरासँग सँगै खिचिएको तस्वीरलाई फेसबुकमा राखेर ‘पारिवारिक जमघट’ भनेर व्यक्तिहरूलाई प्रभावमा पार्न खोजेकी छिन् ।

दोस्रो विवाह गरेकी सुष्माले आफ्ना युट्युब अन्तर्वार्ता र प्रहरी समक्ष उज्वलजंग शाहलाई पति बताउने गरेकी छिन् । उज्वलले पनि सुष्मालाई घरमा भित्र्र्याएका छैनन् । डेरामा राखेका छन् ।

काठमाडौं महानगरीय प्रहरी टेकुमा सुष्माविरुद्ध परेको उजुरीका क्रममा छलफल हुँदा उजुरीकर्ता प्रकाशकुमार श्रेष्ठले एसपी अशोक सिंहकै सामू सुष्मा श्रेष्ठ र उज्वलजंग शाहको सम्बन्धका बारेमा प्रश्न उठाएका थिए ।

दुबै जनाले ‘हामी पति–पत्नी हौँ’ भनेपछि विवाह दर्ताको प्रमाणपत्र मागिएको थियो । तर, सुष्मा र उज्वलले विवाहको प्रमाणपत्र दिन सकेनन् ।

काठमाडौं जिल्लाको तत्कालीन गोकर्णेश्वर गाविस वडा नम्बर ७ ठेगाना राखेर लिइएको नागरिकता नं. १३५९४ मा सुष्माको नाम ‘सुष्मा श्रेष्ठ’ रहेको छ । नागरिकतामा सुष्माको बुबाको नाम श्रीकृष्ण श्रेष्ठ उल्लेख छ ।

सुष्माले ‘सभामुख महराकी नातेदार पर्ने भएकै कारण‘’ भनेर लेखेकी छिन् । ‘द काठमाडौं मल व्यापार संघ’ को अध्यक्ष रहेका बेला उट्पट्याङ र गलत हर्कत गरेकै कारण सुष्मालाई झण्डै एक महिना अगाडि सम्पन्न व्यापारीहरूको भेलाले सुष्मालाई अध्यक्ष पदबाट हटाएर नयाँ कार्यसमिति बनाएको छ ।

अध्यक्ष पदबाट अपदस्थ भएकी सुष्माले ‘म अध्यक्ष हुँ’ भन्दै व्यापारी र प्रहरी प्रशासनलाई धम्काउँदै हिडेकी छिन् ।

काठमाडौं मलभित्रको भ्रष्टाचारको कुरा उठाउँदा आफूलाई आक्रमण हुने गरेको बताउने सुष्मा आफै भने राज्यलाई कर छली गरेर अतुकत सम्पत्ति आर्जन गरेको रहस्य बाहिर आएको छ ।

कर छलीको काण्ड थाहा पाएपछि दुई हप्ता अगाडि सुष्मासहितका व्यापारीहरूको ब्यूटी पार्लरमा वाणिज्य विभागले छापा हानेको थियो ।

विभागले छापा हान्ने क्रममा कर छलीको अभियोगमा ठाउँको ठाउँमै सुष्मालाई दश हजार जरिवाना भराएर बयानका लागि पत्र थमाएको थियो । अभियान टाइमसका साथमा ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!