माछापुच्छ्रे बैंकको थप दुई शाखा रहित बैंकिङ्ग सेवा संचालनमा

- May 26, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, माछापुच्छ्रे बैंक लिमिटेडले डडेलधुरामा आफ्नो ९९र १०० औं शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

बैंकले डडेलधुराको अजयमेरू गाउँपालिका–२ स्थित चमाडा र अमरगढी नगरपालिका–७ स्थित पोखरामा थप दुई शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । यो सहित माछापुच्छ्रे बैंकको हालसम्म १०० शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । 

ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १०१ वटा शाखाहरु लगायत १०० शाखा रहित बैकिङ्गसेवा समेत गरी जम्मा २०१ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १२२ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!