सेयर-बजार : नेप्सेमा उच्च अंकले गिरावट, दुुबै सुचक घटे

- May 26, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, आज आईतबार नेप्सेमा उच्च अंकले गिरावट आएको छ ।

नेप्से आज ११ दसमलव ९३ अंंकले घटेर १३ सय दुुई दसमलव ६१ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुुई दसमलव ८२ अंकले घटेर दुुई सय ७७ दसमलव ५६ अंंकमा पुुगेको छ ।

एक सय ६५ कम्पनीहरुको नौ हजार दुुई सय ९४ वटा कारोवारमा २० लाख ५४ हजार दुुई सय ८६ कित्ता सेयर खरिद बिक्री हुंंदा कारोवार रकम ६२ करोड ६२ लाख एक हजार छ सय ६६ रुपैयाँ पुुगेको छ ।

११ वटा समुहको कारोवार भएकोमा सबै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक नौ दसमलव छ अंकले घटेर ११ सय ५७ दसमलव ८१ अंकमा पुुगेको छ । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!