सरिता काण्डमा जस्तै अञ्जना लामाको हत्यामा पनि परिवारको संलग्नता हुनसक्छ : विनयजंग बस्नेत

- May 26, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, सामाजसेवी विनयजंग बस्नेतले ललितपुर हत्याकाण्ड रहस्यमय रहेको भन्दै मृतक अञ्जना लामा महतको परिवारका सदस्यहरुले सत्यतथ्य थाहा भएर पनि लुकाई रहेको आरोप लगाएका छन् ।

उज्ज्वलकी आमा पनि घटनामा प्रत्यक्ष संलग्न रहेको बस्नेतको दावी छ । एउटै छतमुनि बसेर पनि आमालाई थाहाँ नहुने हुनै नसक्ने उनको भनाई छ।

उनले अञ्जना लामा महतको शव हेर्न पनि गएका थिए । शवको माया असाधै लाग्ने तर अञ्जनाको क्षेदविच्छेद भएको शव सम्झिन पनि नसकेको उनको भनाई छ । उनले अञ्जनाको विभत्स शवको प्रकृति देखेको कारण आफु यस विषयमा बोल्दै आएको उनले जानाए ।

अञ्जनाको हत्या गर्ने उज्ज्वलको मानसिक सन्तुलन ठिक नभएको परिवारले जनाए पनि आफुलाई चित्त नबुझेको उनको भनाई छ ।

मानसिक सन्तुलन विग्रिदैमा कोहि व्यक्ति त्यति हदसम्म जान नसक्ने उनले बताए । अभियुक्तले सुनियोजित ढंगले अञ्जना लामा महतको हत्या गरेको उनले दावी गरेका छन् ।

कानको समस्या बताइएको अभियुक्तको कान समेत ठिक रहेको बताउँदै उनले भने, उनलाई हातको औला छिनेर अस्पताल लागिएको बेला मैले उनलाई टाढैबाट उज्ज्वल भनेर बोलाउँदा एकै पटकमा सुने । उनको कान ठिक छ र प्रहरीले मानसिक सन्तुलन पनि ठिक रहेको बताएको छ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!