कांग्रेस भित्र यस्तो रडाको ! सशांक र शेखर दुवै सभापति लड्ने, अरु के गर्लान् ?

- May 26, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, नेपाली कांग्रेसको आगामी १४ औं महाधिवेशनमा शेखर कोइराला र शसांक कोइरालाकै सभापतिमा भीडन्त हुने भएको छ । सशांक महामन्त्री हुन् भने शेखर सबैभन्दा बढी मतल्याएर जितेका केन्द्रीय सदस्य हुन् ।

सामाचार स्रोतका अनुसार दुवैजना आफूलाई सभापतिको दावेदार मान्दै आएका छन् । शेखरले जस्तो सशांकले भने मुख खोलेका छैनन् तर सशांक निकटले भने उनीपनि सभापतिको ‘कन्फर्म’ उम्मेदवार भएको बताउँछन् ।

महामन्त्री भएको हिसाबले सशांक स्वतः दावेदारका रुपमा चिनिन्छन् । सशांकले प्रतिनिधिसभाको यो निर्वाचन पनि जिते, उनी भरसक बोल्दा पैसा नै लाग्छ जस्तो गर्छन् ।

प्रतिनिधिसभामा शेखरले नेकपाका उम्मेदवार लालबाबु पण्डितसँग हारे । शेखरे लालबाबुलाई चिन्दिन भनेर निर्वाचनमा दिएको अभिव्यक्ति नै उनको लागि विष भयो । यसअघि मन्त्री भएर चर्चा कमाएका लालबाबु अहिले जे भएपनि चर्चित नै थिए ।

आगामी महाधिवेशनमा को उम्मेदवार बन्ने भन्ने चर्चा चल्नथालेको छ । शेखर देशव्यापी दौडाहामा हिँडेका छन् । उनले मेरो पक्षमाको र विपक्षमाको भन्ने पनि उनीसँग रेकर्ड छ, त्यसो त उनको सचिवालय पनि बलियो छ ।

सशांकको सचिवालय व्यवस्थित नभए पनि उनलाई नामका आधारमा र विपी कोइरालाको छोरो भएका आधारमा मतदाताले भोट हाल्छन् ।

उनी महामन्त्री हुँदा पनि कसैलाई एटक ‘जय नेपाल ’ पनि भनेन् त्यसैले सजिलै भन्न सकिन्छ किउनी त्यत्तिकै बलिया छन् । दुईजना नै उठ्ने भनेर हिँडेपछि सुजाताभने केही पनि बोलिसकेकी छैनन् । सशांकलाई उनकै मान्छेले ‘मुर्ति’ भन्ने गरेका छन् ।

अहिले दुवैजना आफ्नो पक्षमा माहोल बनाउन लागेका छन् । महामन्त्री हुँदा सशांकको भूमिका कमजोर भएको र उनले सभापति हुने गरी भूमिका नखेलेको भन्ने आरोप पनि छँदैछ ।

अहिले सशांक नउठ्ने हो भने अर्को महाधिवेशनमा उनको कुनै सम्भावना छैन त्यतिबेलासम्म उनी निस्क्रिय भइसकेका हुन्छन् । शेखर विपीका भतिजा हुन् ।

दुई कोइराला उठ्ने भनेपछि उता रामचन्द्र पौडेल भने तनावमा छन् । उनी के गर्ने भन्नेमा अन्यौलमा छन् । देउवासँग हारेका उनी फेरि पनि उठ्ने पक्षमा छैनन् ४० प्रतिशतभाग माग्ने र टिम बचाउन लागेका रामचन्द्र अबपनि भाग माग्ने मगन्तेकै रुपमा चिनिने सम्भावना बढेर गएको छ ।

हुन त सभापतिमा दावी गर्ने अरु धेरै छन् उनीहरु भनें सभापति मागेर तल्लो तहमा व्यवस्थापन हुने लाइनमा छन् ।

१३ औं महाधिवेशनमा सभापति हारेका कृष्णप्रसाद सिटौला सभापतिमा पुनरागमन हुने लक्षण छैन किनभने गगन थापाको आड भरोसामा चलेका सिटौलालाई गगनले छोडेपछि सिटौलाको विचल्ली नै हुनेछ ।

महामन्त्रीको दावी गरेका थापाले सिटौला समूहबाट जित्ने नखदेखेपछि टीम फेनुपर्ने वाध्यता छ । थापाले पनि शेखरलाई सघाउने पनि समाचार स्रोतले जनाएको छ ।

अहिलेको पार्टीको नयाँ विधानले कोषाध्यक्षबाहेक  सबै पदाधिकारीमा निर्वाचन हुने भएकाले पनि सबै नेतालाई व्यवस्थापन गर्न सजिलो छ तर कुन समूहले सबैलाई मिलाउँछ उसकै जित्ने सम्भावना बलियो छ, आलोचनामा उल्लेख छ ।

शेखर र सशांक दुवै भ्रष्टाचारमा नजोडिएका र कलंकित नभएका व्यक्ति हुन् । देउवाले भने अर्को पक्षमा झगडा हुने भएकाले फेरि पनि सभापति जित्छु भनेर मख्ख छन् । देउवालाई व्याक गराएर म सभापति उठ्छु भन्ने पनि कोही छैनन् । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!