काम नगर्ने व्यक्तिलाई पाखा लगाउँदै युवाहरुलाई अगाडि बढाउँछु : घिमिरे

- May 24, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, वि.स. २०३० चन्द्रागिरी १२ बलम्बुमा जन्मनुभएका राजेश घिमिरे सामाजिक अभियान्ता हुनुहुन्छ । सहकारी क्षेत्र, रेयुकाई र विभिन्न व्यापार व्यवसायमा लागेर चन्द्रागिरीको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेल्नुभएका घिमिरे सन् २००४ मा नेपाल रेडक्रम सोसाईटी पश्चिम भेग राजमार्ग उपशाखा ९पभेरा०को संस्थापक उपाध्यक्ष भएर काम गरिसक्नुभएको छ ।

अहिले उक्त शाखाको नाम परिवर्तन भएर नेपाल रेडक्रस सोसाइटी चन्द्रागिरी उपशाखा भएको छ । व्यक्तिको शासनलाई होइन विधिको शासनलाई सर्वपरी ठानेर नेपाल रेडक्रसको संस्थापक उपकोषाध्यक्ष बन्नुभएका घिमिरे पछिल्लो समय रेडक्रसभित्र देखिएको राजनीतिलाई अन्त्य गर्न सभापति पदमा उम्मेद्वारी दिने तयारीमा हुनुहुन्छ ।

हरेक चार÷चार वर्षमा हुने पाँचौ कार्यसमितिको निर्वाचन भोलि ११ बजेदेखि ४ बजेसम्म चन्द्रागिरीमा हुँदैछ । कुल ४१० सदस्यले मतदान गर्न पाउने उक्त निर्वाचनका लागि अध्यक्षमा उम्मेद्वारी दिन लाग्नुभएका सामाजिक अभियान्ता घिमिरेसँग गरेको कुराकानीको सम्पादित अंश ।

नेपाल रेडक्रस सोसाईटी चन्द्रागिरी उपशाखाको सभापतिमा तपाईँको उम्मेद्वारी किन ?
म एक सामाजिक अभियान्ता हुँ । सामाजिक क्षेत्रको माध्यामबाट चन्द्रागिरीको विकासका लागि मैले सभापतिमा उम्मेद्वारी दिन लागेको हो ।

म यस संस्थाको संस्थापक उप कोषाध्यक्ष र कोषाध्यक्ष भएर यसअघि नै काम गरिसकेको मान्छे हुँ यस संस्थामा धेरै राजनीतिक भयो ।

यो राजनीति अन्त्य गरी आहतलाई राहत दिलाउने संस्थाको रुपमा रेडक्रसलाई विकास गर्नका लागि मैले सभापतिमा उम्मेद्वारी दिन लागेको हुँ ।

तपाईँलाई किन भोट दिने त ?
यस संस्था स्थापना भएको १६ वर्ष पुग्न लागेको छ । संस्थाभित्र धेरै राजनीति भयो उक्त राजनीतिको अन्त्यका लागि मेरो उम्मेद्वारी हो ।

रेडक्रसको अभियान्ता हेनरी डिउनाले रेडक्रसलाई राजनीतिक गर्ने थलो बनाउनु हुँदैन भन्ने कुरालाई सावित गर्दै स्वतन्त्र रेडक्रस निर्माण गर्ने मेरो उदेश्य हो ।

रेडक्रस राजनीतिक दलको भ्रातृ संस्थाको रुपमा विकास हुँदै गएकाले यसलाई हटाउनका लागि मलाई भोट दिन आग्रह गर्दछु ।
तपाईँ विजयी हुनुभयो भने रेडक्रसलाई कस्तो बनाउनुहुन्छ ?
एकदमै राम्रो प्रश्न गर्नुभयो, अवश्य नै म सभापतिमा विजयी भयाँभने रेडक्रसलाई राजनीतिमुक्त रेडक्रस निर्माण गर्नेछु ।

रेडक्रस उपशाखाको स्थापना भएको १६ वर्ष पुगिसक्दा पनि अहिलेसम्म कार्यालय त परै जाओस् एउटा कोठापनि छैन ।

म रेडक्रसको एउटा भवन निर्माणका लागि पहल गर्नेछु । यस्तै, युवा पुस्तालाई रेडक्रसको बारेमा जानकारी गराएर जतिसक्दो धेरै युवा सहभागिता बढाउँछु ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
चन्द्रागिरी भित्र पर्नसक्ने विपद्को सामना गर्न नेपाल रेडक्रस सोसाइटी चन्द्रागिरी उपशाखालाई राजनीतिमुक्त बनाउन मलाई भोट हालेर विजयी गराउन सबै मतदातालाई हार्दिक आग्रह गर्दछु ।

म विजयी भयाँभने पद ओगटेर बस्ने तर काम नगर्ने व्यक्तिलाई पाखा लगाउँदै युवाहरुलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास  व्यक्त गर्दछु ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!