सरकार ढालेर राजतन्त्र फर्काउन आन्दोलन गरेको हैन भन्दै जंगिए ज्ञानेन्द्र शाही

- May 24, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, केहि दिन अघि देखि सरकार ढाल्ने उद्देश्य रहेको बताउने ज्ञानेन्द्र शाहीले आफु सरकारविरुद्ध नभएर सरकारको नीतिविरुद्ध रहेको बताएका छन् । सरकारको न्यायनीति, आर्थिक घाटादेखि हरेक व्यवस्था डामाडोल भएको उनको टिप्पणी छ।

उनी भन्छन्, ‘सरकार ढाल्न हामी सरकार विरोधी हैन तर सरकारको सिस्टमविरुद्ध हो । सरकारको यस विधिको काम गरेन ।

विधिमा काम गराउन र सरकारलाई कानुनी दयारामा ल्याउने नेपालको लागि नेपाली गठन भएको हो । र, अर्को देशमा शिक्षा र स्वास्थ्य निशुल्क हुनुपर्छ या कर तिर्ने व्यस्था हटाउन पर्छ।’

यस्तो नीतिले देशले बिकासको गति नलिने उनले बताए । उनले नेपालको लागि नेपाली विसुद्ध तथा स्वतन्त्र निकाय रहेको र आफु कुनै पार्टीमा नलागेको र नलाग्ने दाबि गरे ।

उनले देशमा भ्रष्टचारले तिव्र गति लिईरहेको कारण नेपालका लागि नेपालीले पंचायतदेखि अहिलेसम्म भएको भ्रष्टचारको छानबिन गर्ने उनको भनाई छ ।

उनले अहिलेको सात महिनाको अवधीमा मात्रै नौ अरबको आर्थिक घाटा रहेको उनको गूनासो छ । उनले भ्रष्टचार विरुद्ध प्रत्येक व्यक्ति जाग्नु पर्ने बताए। देशमा प्रत्यक्ष जनताद्वारा चुनिएको व्यक्ति सरकारमा रहनु आवश्यक रहेको उनले उल्लेख गरेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!