गायक पुष्कल शर्माको ‘फाटेको मन’

- May 24, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन पोखरेल, काठमाडौं , प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा भरत प्रसाद पाठकको लोकदोहोरी गीत ‘फाटेको मन’ गीतको भिडियो आज बाट बजारमा आएको छ ।

गायक पुष्कल शर्मा र गायिका मुना थापा मगरको आवाजमा सजिएको गीत सार्वजनिक भएको हो । भावनात्मक रुपमा प्रेमको सम्वन्ध कालान्तर सम्म जिवित हुने कुरामा आपसमा प्रेमी प्रेमीका विचमा उत्पन्न पिडालाई समेटिएको छ ।

भरत कामु मगरको को शब्द तथा भरत प्रसाद पाठकको मौलिक लय सिर्जनमा गीत तयार गरिएको छ । मुकेश हुमागाईँको छायाँकन, राजेश कुमारको सम्पादन र बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतमा आर्यन र अलिशानको अभिनय रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!