भारत निर्वाचन २०१९ को मतगणनाको प्रत्यक्ष परिणाम

- May 23, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

एप्रिल ११ देखि मे १९ सम्म भारतीय मतदाताहरूले संसद्को तल्लो सदन लोकसभाका ५४२ सदस्य चयन गर्नका लागि मतदान गरेका थिए।

देशभरिका ९० करोड मतदातालाई निर्वाचनमा सहभागी गराउन विभिन्न सात चरणमा मतदान भएको थियो। आज बिहानदेखि मतगणना सुरु भएको छ।

मतगणनाले सत्तासीन भारतीय जनता पार्टीले आफ्नो बहुमत कायम राख्छ वा भारतीय राष्ट्रिय कंग्रेसको प्रतिपक्षी गठबन्धनले सन् २०१४ को निर्वाचनको निराशाजनक प्रदर्शनलाई सुधार्छ भन्ने निर्णय गर्नेछ।

केही प्रान्तमा मुख्य प्रतिस्पर्धा भाजपा वा कंग्रेसबीच नभई प्रादेशिक दलहरूबीच छ।

ती दलहरूमा तमिलनाडूमा डीएमके र एआईएडीएमके, आन्ध्र प्रदेशमा टीडीपी र वाईएसआर, तेलङ्गानामा टीआरएस र उत्तर प्रदेशमा एसपी र बीएसीको गठबन्धनहरू हुन्। बीबीसीबाट । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!