सालकको खपटासहित ४ जना प्रहरीद्धारा पक्राउ

- May 22, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

 काठमाडौं ,सालकको खपेटासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई गोंगबुस्थित बिजी मल अगाडिबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

गोगंवु एरियामा केहि व्यक्तिले दुर्लभ वन्यजन्तु सालक ओखटो ओसारपसार गर्छन् भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोली परिचालन भई खोजतलास गर्ने क्रममा बिजी मल अगाडिबाट पक्राउ गरिएको हो । 

विजी मल अगाडी शंकास्पद अवस्थामा कालो झोला बोकी ४ जना हिँडिरहेको अवस्थामा फेला परेका उनीहरुको साथबाट प्रतिवन्धित सालकको खपटा अन्दाजी ३ किलो फेला परेको हो । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!