मेट्रो आउन डिआईजीहरूको मारामार मेट्रोका लागि ४, सीआइबी र एक नम्बर प्रदेशका लागि तीन डिआईजी कसरतमा

- May 21, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं , नेपाल प्रहरीले डिआईजी सरुवाको तयारी थालेको छ । डिआईजीको एक बर्षमा सरुवा गर्ने प्राबधान भए पनि भागबण्डा पुर्रयाउन डिआईजी सरुवाको तयारी गरेको हो ।

महानगरीय आयुक्तको कार्यालय, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी), एक नम्बर प्रदेश तथा पाँच नम्बर प्रदेश जान डिआईजीहरूबीच चर्को प्रतिस्पर्धा सुरु भएको हो ।

स्रोतका अनुसार आयुक्तको कार्यालय आउन गत साता बढुवा भएका डिआईजी विश्वराज पोखरेलले चाहाना देखाएका छन् । आयुक्त कार्यालय नभए पोखरेल सीआइबी या एक नम्बर प्रदेशमा कुनै पनि हालतमा जान पाउनुपर्ने भन्दै माग गरेका छन् ।

उता एक नम्बर प्रदेशका डिआईजी केदार रिजालले पनि आयुक्त कार्यालय ताकेका छन् । दुई नम्बर प्रदेशका डिआईजी हरि पालले भने सीआइबी खोजेका छन् । उता पाँच नम्बर प्रदेशका डिआईजी पिताम्बर अधिकारीले पनि सीआइबी नै चासो देखाएका छन् ।

पहिला सीआइबीमा बसेर काम गरेको अनुभव डिआईजी अधिकारीसँग छ । चुनौतीका रुपमा देखिएको दुई नम्बर प्रदेशमा उल्लेखनिय कार्य गरी शान्ति सुरक्षा कायम गर्न सक्षम मानिएका डिआईजी पाललाई आईजीपी सर्वेन्द्र खनालले सीआइबीको जिम्मा लगाउने तयारी गरेका छन् ।

दुई नम्बर प्रदेशमा व्यवसायीक प्रहरी अधिकृतका रुपमा चिनिएका प्रद्युन्न कार्कीलाई पठाउने लागेको स्रोत बताउँछ । तर कार्कीले पनि आयुक्तको कार्यालय या एक नम्बर प्रदेश जाने ईच्छा देखाएका छन् ।

तर दुई नम्बर प्रदेशमा सुरक्षा चुनौति देखिएका कारण अन्य डिआईजीले कमाण्ड गर्न नसक्ने भन्दै डिआईजी पालको बिकल्प कार्की भएको भन्दै दुई नम्बर प्रदेशलाई कार्की तयार पारिएको हो ।

एक नम्बर प्रदेशमा आफ्नो क्षमता देखाएका डिआईजी केदार रिजाल पनि आयुक्त कार्यालयको कमाण्ड सम्हाल्न लागि परेका छन् । तर आईजी खनाल आयुक्तका डिआईजी शैलेश थापा परिवर्तन गर्ने मनस्थितमा छैनन् । गृहमन्त्रालयले थापाको कार्यशैली भने मन पराएको छैन ।

कमाण्डमा कमजोर भएको दाबी गर्दै गृहले थापाको ठाँउमा एक नम्बर प्रदेशका डिआईजी रिजाल अथवा पाँच नम्बरका पिताम्बर अधिकारीलाई अगाडी सारेको छ । प्रदेशमा जान डिआईजी शेरबहादुर बस्नेत, मनोज नेउपाने लगायतका आधा दर्जन डिआईजी लागि परेका छन् । जनप्रहारबाट । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!