गायिका यशोदा र जगदिशको ‘मायामा’ को भिडियो सार्वजनिक

- April 18, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

newsabhiyan

काठमाडौं । गायिका यशोदा खालिङ राई नयाँ भिडियो लिएर आएकी छिन् । आसुतोष राईको शब्द तथा संगीतमा ‘मायामा’ बोलको नयाँ भिडियो सार्वजनिक भएको हो । गीतमा यशोदालाई चर्चित गायक जगदिश समालले साथ दिएका छन ।

अमेरिकामा हुने प्राय: कार्यक्रममा प्रस्तुती दिने र नेपालबाट जाने कलाकारलाई साथ सहयोग गर्न अग्रसर यशोदाको यस् गीत ‘यशोदा–२’ एल्बममा समाबेश गीत हो ।

यस गीतलाई दिनेश न्यौपानेले एरेञ्ज गरेका हुन् । गीतको भिडियोमा जाङ्बु शेर्पा र कमला राईले फिचरिङ गरेका छन् ।

भिडियोलाई शम्भु मोक्तानले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । भिडियो अमेरिका स्थित न्युयोर्कका बिभिन्न स्थानमा छायांकन गरिको छ ।

झन्डै एक दसक देखी अमेरिकामा रहेर निरन्तर नेपाली गित संगीतमा सकृय यशोदाका ‘यशोदा’ र ‘यशोदा–२’ एल्बम सार्वजनिक छन । गायिका यशोदा नृत्य र अभिनय बिधामा पनि सकृय छिन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!