रिलिजको ११ औँ दिनमा ‘सिम्बा’ले बनायो यस्तो रेकर्ड

- January 9, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बलिउडका स्टार अभिनेता रणवीर सिंह अभिनित ‘सिम्बा’ दुई सय करोड क्लबमा प्रवेश गरेको छ। दुई सय करोड क्लबमा इन्ट्री मार्दै गर्दा सिम्बाले विभिन्न नयाँ रेकर्ड समेत कायम गरेको छ।

सिम्बा रिलिजको दिनमै सबैभन्दा बढी पैसा कमाउने रणवीर सिंहको अहिलेसम्मकै पहिलो फिल्म बनेको छ। यसले रिलिजको दिनमै २० करोड ७२ लाख भारतीय रुपैयाँ कलेक्सन गरेको थियो। यसले ११ दिनमा नै दुई सय करोड क्लबमा प्रवेश पाएको हो।

यो फिल्म निर्देशक रोहित सेठ्ठीको ‘चेन्नई एक्सप्रेस’ र ‘गोलमाल रिटर्नस्’पछिको सफल फिल्म हो । यसअघि दिलवालेले चारसय करोड कमाई गरे पनि त्यसको बढी रकम भारत बाहिरबाट कलेक्सन भएको थियो।

सिम्बा सन् २०१८ मा १ सय करोडभन्दा बढी कमाउने १३ औँ बलिउड फिल्म हो। यसअघि सञ्जु, सोनुकी टिट्टुकी स्विटी, रेड, बागी २, राजी रेस ३, गोल्ड,स्त्री, बधाई हो, ठग्स अफ हिन्दुस्तान र जिरो पनि यो समूहमा परेका थिए।

सिम्बा सन् २०१८ मा दुई सय करोड क्लवमा पुग्ने तेस्रो फिल्म हो। सञ्जु र पद्यावत् मात्र यो वर्ष २ सय करोडभन्दा बढी कमाउन सफल रहेका छन्।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!