April 1, 2025, 3:16 am

तिनकुने घटनाको कांग्रेस महामन्त्रीद्धयबाट निन्दा, हिंसामा संलग्नलाई कारवाही गर्न माग

चैत्र १४, २०८१ मा प्रकाशित | ४२०दर्शक तीव्रखबर

काठमाडौं  । नेपाली कांग्रेसका महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले तीनकुनेमा भएको हिंसात्मक घट्नाको निन्दा गरेका छन् ।

महामन्त्रीद्धय थापा र शर्माले एक विज्ञप्ती जारी गर्दै लोकतन्त्रको विकल्प अझ समुन्नत लोकन्त्र भएको र कुनैपनि प्रकारको राजतन्त्र एक्काइसौं शताब्दीको सचेत नेपालीका लागि विकल्प किमार्थ हुन नसक्ने बताएका छन् । उनीहरुले सबै राजनैतिक दलहरुलाई त्यसमा स्पष्ट ढंगले उभिन अपिलसमेत गरेका छन् । उनीहरुले आजको हिंसात्मक घट्ना घटाउने र यसमा सामेल हुने व्यक्तिहरुलाई कडा कानूनी कारबाहीको दायरामा अविलम्ब ल्याउन पनि माग गरेका छन् ।

उनीहरुले तोडफोड, हिंसा र अराजकताको निन्दा गर्दै शान्ति र संविधानकै मार्गबाट अघि बढ्नपनि अपिल गरेका छन् ।

प्रतिक्रिया