April 1, 2025, 3:55 pm

गृह मन्त्रालयले भन्यो– राजावादी आन्दोलन हिंसात्मक, सरकार कठोर बन्छ

चैत्र १४, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

काठमाडौं । गृह मन्त्रालयले राजावादी आन्दोलनलाई राजनीतिक नभई हिंसात्मक, अमानवीय र लुटपाट केन्द्रित भएको बताएको छ।

मन्त्रालयका प्रवक्ता छवि रिजालले शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा आन्दोलन राजनीतिक उद्देश्यबाट प्रेरित नभएको स्पष्ट गरे।

उनका अनुसार आन्दोलनकारीहरूले निजी सम्पत्तिमा लुटपाट, आगजनी तथा विमानस्थलजस्ता संवेदनशील क्षेत्रमा तोडफोड गरेका छन्। यस्तो अवस्थालाई नियन्त्रण गर्न सरकारले अब कडा रणनीति अपनाउने उनले जानकारी दिए।

मन्त्रालयका अनुसार करिब १० देखि १२ हजार प्रदर्शनकारी दुर्गा प्रसाईंको नेतृत्वमा सहभागी भएका थिए। प्रवक्ता रिजालले यसलाई अराजनीतिक भीडको रूपमा परिभाषित गरे।

आन्दोलनका क्रममा भएको आक्रमणमा १५ सुरक्षाकर्मी घाइते भएका छन्।

प्रतिक्रिया