काठमाडौं, । राजावादीहरूको आन्दोलन हिंस्रक बन्द काठमाडौंको तीनकुने, कोटेश्वर क्षेत्रमा ब्यापक धनजनको क्षति भएको छ।
सोही क्रममा राजावादीहरूले नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालय, भाटभटेनी तथा नागरिक उडडयन प्राधिकरणको कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।
शुक्रबार अपराह्न राजावादीहरूले आलोकनगरमा रहेको नेकपा एसको केन्द्रीय कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी गरेका हुन् । तर, अहिले दमकलको सहायतमा आगजनी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
राजावादीहरूको आराजक समूह पार्टी कार्यालयभित्र प्रवेश गरेर सुरुमा तोडफोड गरेको थियो भने अर्को समुहले भाटभटेनी डिपार्टमेन्टल स्टोर, बालकुमारीतर्फ पनि तोडफोड गरेका छन् ।
प्रतिक्रिया