April 1, 2025, 4:33 pm

प्रचण्डको चेतावनी- पूर्वराजा ज्ञानेन्द्रले फेरि गल्ती गरे केही बाँकी राख्दैनौँ

चैत्र १४, २०८१ मा प्रकाशित | ५५०दर्शक तीव्रखबर

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि गल्ती गरे केही बाँकी नरहने चेतावनी दिएका छन् ।

समाजवादी मोर्चा, नेपालले शुक्रबार प्रदर्शनमार्गमा आयोजना गरेको जनसभा सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रले फेरि राजा बन्ने चाहना राखेपछि यस्तो चेतावनी दिएका हुन् ।

पूर्वप्रधानमन्त्री प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रलाई विगतमा धेरै गल्ती गरिसकेकाले फेरि अर्को गल्ती नगर्न सुझाव दिए ।

‘नेपाली जनता र राजनीतिक दललाई कमजोरी ठानेर इतिहासमा फर्कने दुस्साहस नगरियोस्,’ उनले भने, ‘अब अर्को गल्ती गरे भने उनले भोग्न बाँकी केही रहँदैन । खबरदार ।’अध्यक्ष प्रचण्डले विगतमा पूर्वराजाले गरेको गल्तीको परिणाम भोग्नुपरेको पनि स्मरण गराए । ‘विगतमा उनले धेरै गल्ती गरे,’ उनले भने, ‘त्यो गल्तीको परिणाम भोगिरहेकै छन् ।

प्रतिक्रिया