April 1, 2025, 1:39 pm

आइपिएलमा चेन्नई र रोयल च्यालेन्जर्सबीच खेल हुदै

चैत्र १४, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

काठमाडौँ । जारी आईपीएल अन्तर्गत आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुदैछ । चेन्नईको चेपकस्थित एमए चिदम्बरममा हुने यो खेल नेपाल इसम्य अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदै छ ।

यस सिजनमा चेन्नई र रोयल च्यालेन्जर्सले आ-आफ्नो पहिलो खेल जितेर राम्रो शुरुवात गरेका छन् । आफ्नो पहिलो खेलमा चेन्नईले मुम्बई इण्डियन्सलाई पराजित गरेको थियो भने रोयल च्यालेन्जर्सले कोलकोतालाई पराजित गरेको थियो ।

यस मैदानमा  रोयल च्यालेन्जर्सले चेन्नईलाई एक पटकमात्र २००८ मा पराजित गरेको थियो भने त्यसयता पराजित गर्न सकेको छैन ।

चेन्नईसँग अनुभवी  र युवा खेलाडीको राम्रो संयोजन रहेको छ । चेन्नईमा महेन्द्र सिंह धोनी, रवीन्द्र जडेजा र आर आश्विन जस्ता अनुभवी खेलाडी छन् भने कप्तान रुतुराज गायकवाड, रचिन रविन्द्र अफगानिस्तानका बायाँ हाते स्पिनर नूर अहमद   जस्ता खेलाडीले चेन्नईलाई यस सिजनमा पनि बलियो टिमको रुपमा प्रस्तुत गरेको छ ।

त्यस्तै रोयल च्यालेन्जर्स पनि यस सिजनमा सशक्त टिम देखिएको छ । रोयल च्यालेन्जर्समा रजत पाटिदारको कप्तानी र विराट कोहलीको अनुभव पहिलो खेलमा कोलकताविरुद्ध पनि देखिएको थियो ।

त्यस्तै रोयल च्यालेन्जर्समा फिल साल्ट, लियाम लिभिङस्टोन र जितेश शर्मा आक्रामक ब्याट्सम्यान तथा अलराउन्डर क्रुणाल पाण्ड्याको भूमिका महत्वपूर्ण रहेको छ ।

दुवै टोलीको सम्भावित प्लेइङ ११:

चेन्नई सुपर किंग्स: ऋतुराज गायकवाड (कप्तान), रचिन रविन्द्र, राहुल त्रिपाठी, शिवम दुबे, रविन्द्र जडेजा, साम करन, महेन्द्र सिंह धोनी (विकेटकिपर), रविचन्द्रन आश्विन, नूर अहमद, नाथन एलिस/मथिशा पाथिराना र खलील अहमद ।

रोयल च्यालेन्जर्स बैंगलुरु: रजत पाटीदार (कप्तान), विराट कोहली, फिल साल्ट (विकेटकिपर), लियाम लिभिङस्टोन, जितेश शर्मा, टिम डेभिड, क्रुणाल पाण्ड्या, रसिक दार सलाम/भुवनेश्वर कुमार, सुयश शर्मा, जोश हेजलवुड र यश दयाल ।

प्रतिक्रिया