April 1, 2025, 4:07 am

मधेश प्रदेशसभा अगाडि स्वास्थ्यकर्मीको धर्ना

चैत्र ७, २०८१ मा प्रकाशित | ९२०दर्शक तीव्रखबर

जनकपुर– मधेश प्रदेशमा कार्यरत सिनियर अहेब र अनमीले प्रदेशसभा अगाडि धर्ना दिएका छन् ।

स्थानीय सेवा ऐनमा भएको त्रुटिका कारण स्तरवृद्धि रोक्का भएको भन्दै उनीहरू धर्ना बसेका हुन् । जनकपुरस्थित प्रदेशसभाको सचिवालयमा धर्ना बस्न गएका उनीहरूलाई ठूलो संख्यामा रहेका सुरक्षाकर्मीले सचिवालय परिसर बाहिरै रोकेका थिए ।माग पूरा नभए चैत १६ देखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि अनिश्चितकालिन धर्ना बस्ने उनीहरूले चेतावनी दिएका छन् ।

प्रतिक्रिया