March 4, 2025, 1:05 pm
» संसद बैठकमा अनिवार्य उपस्थित हुन एमालेको ह्वीप » चुच्चे नक्सा नागको फोटो टाँसे सरह : झलनाथ खनाल » नेप्से परिसूचक तीस अङ्कले घट्यो » प्राविधिक समस्याका कारण स्पेसएक्सको स्टारशिप प्रक्षेपण स्थगित » पूर्वयुवराज पारसलाई वार्डमा सारियो

संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई कांग्रेसको ह्वीप

फाल्गुन २०, २०८१ मा प्रकाशित | २००दर्शक तीव्रखबर

काठमाडौँ । नेपाली कांग्रेसले बुधबार बस्ने संसदको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ ।
बुधबार बस्ने बैठकमा सरकारले ल्याएका अध्यादेशहरु स्वीकृतिका लागि प्रस्तुत हुने भएकाले कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेका हुन् ।
सरकारले जारी गरेका ६ अध्यादेश मध्ये भूमिसम्बन्धि अध्यादेश बाहेक अन्य पाँच अध्यादेश अगाडी बढाउन सत्तारुढ दलहरुबीच सहमति भएको छ ।

प्रतिक्रिया