March 4, 2025, 12:01 pm
» संसद बैठकमा अनिवार्य उपस्थित हुन एमालेको ह्वीप » चुच्चे नक्सा नागको फोटो टाँसे सरह : झलनाथ खनाल » नेप्से परिसूचक तीस अङ्कले घट्यो » प्राविधिक समस्याका कारण स्पेसएक्सको स्टारशिप प्रक्षेपण स्थगित » पूर्वयुवराज पारसलाई वार्डमा सारियो

पाकिस्तानी फुटबलमाथिको प्रतिबन्ध फुकुवा

फाल्गुन २०, २०८१ मा प्रकाशित | ३१०दर्शक तीव्रखबर

काठमाडौँ । विश्व फुटबल फेडेरेसन (फिफा) ले पाकिस्तानी फुटबलमाथि लगाएको प्रतिबन्ध हटाएको छ ।
फेब्रुअरी ६ मा लगाएको प्रतिबन्ध हटाएपछि पाकिस्तान यस महिनाको अन्त्यतिर एसियाली कप छनोटको लागि समयमै अन्तर्राष्ट्रिय फुटबलमा पुन: सामेल हुने भएको छ ।
फिफाले आफ्नो संविधानमा गरेको सिफारिस संशोधनलाई अस्वीकार गरेपछि पाकिस्तान फुटबल संघ गत महिना आठ वर्षभन्दा कम समयमा तेस्रो अन्तर्राष्ट्रिय निलम्बनको शिकार भएको थियो ।
पाकिस्तान फुटबल फेडेरेसनले गत हप्ता लाहोरमा साधारण सभामा २०२७ एसियाली कपको लागि छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्न योग्य हुन समयमै सुधार गर्ने पक्षमा मतदान गरेपछि फिफाले प्रतिबन्ध फुकुवा गरेको हो ।
पाकिस्तानले मार्च २५ मा सिरियाविरुद्ध एशियन छनोटको समूह ई अन्तर्गतको खेलमा खेल्दै छ ।
पाकिस्तान फुटबल फेडेरेसनले प्रतिबन्ध फुकुवा भएपछि भनेको छ- ‘हामी फिफा र (एसियाली फुटबल कन्फेडेरेसन) लाई पाकिस्तान फुटबललाई निरन्तर समर्थन गरेकोमा धन्यवाद दिन्छौं र पाकिस्तान फुटबल समुदायलाई हार्दिक बधाई दिन्छौं ।’
एएफसीले पहिले २०२७ एसियाली कप छनोटमा भाग लिन अनुमति दिन मार्च ४ सम्ममा प्रतिबन्ध हटाउनु पर्ने यस अघि जानकारी दिएको थियो ।

प्रतिक्रिया