March 14, 2025, 12:22 pm
» पर्सामा कल बाइपास गरिरहेका १९ वर्षीय युवक पक्राउ » पाथीभरा केबलकार : गृह मन्त्रालयले फेरि बोलायो आन्दोलनकारीलाई वार्तामा » अमेरिकी एयरलाइन्सको विमानमा आगलागी » ६० बर्षका आमिर खान फेरी प्रेममा परे ! » समाजवादी मोर्चाको बैठक जारी

धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियु चुनाव स्थगित

फाल्गुन २९, २०८१ मा प्रकाशित | ४३०दर्शक तीव्रखबर

धादिङ । धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव अनिश्चितकालका लागि स्थगित भएको छ । निर्वाचन समितिका संयोजकले नै राजीनामा दिएपछि स्ववियु चुनाव स्थगित भएको हो।
क्याम्पस प्रमुख नवराज शर्माले विज्ञप्तिमार्फत भनेका छन्-
यही चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने प्रयोजनको लागि क्याम्पस सञ्चालक समितिवाट निर्वाचन समिति गठन भै निर्वाचनको प्रक्रिया अगाडी बढी रहेको अवस्थामा निर्वाचन समितिका संयोजक मुरारी अधिकारीले निर्वाचन प्रक्रिया अगाडी बढाउने क्रममा उत्पन्न असहज परिस्थिति जनाई निर्वाचन समितिको संयोजक पदबाट फागुन २८ गते राजिनामा दिनुभएको कारण निर्वाचन समिति तथा शिक्षक कर्मचारीको बैठकको निर्णय साथै सञ्चालक समितिको अध्यक्षको निर्देशन बमोजिम सञ्चालक समितिको बैठकबाट अर्को निर्वाचन समिति गठन भई निर्वाचनको मिति तय नभएसम्मका लागि नीलकण्ठ बहुमुखी क्याम्पस, स्ववियु निर्वाचन २०८१ सम्बन्धी सम्पूर्ण प्रक्रिया हाललाई स्थगित गरिएको ब्यहोरा सूचित गरिन्छ ।

प्रतिक्रिया