March 14, 2025, 12:57 pm
» पर्सामा कल बाइपास गरिरहेका १९ वर्षीय युवक पक्राउ » पाथीभरा केबलकार : गृह मन्त्रालयले फेरि बोलायो आन्दोलनकारीलाई वार्तामा » अमेरिकी एयरलाइन्सको विमानमा आगलागी » ६० बर्षका आमिर खान फेरी प्रेममा परे ! » समाजवादी मोर्चाको बैठक जारी

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सेयरधनीलाईं दिंदैछ लाभांश

फाल्गुन २९, २०८१ मा प्रकाशित | ४१०दर्शक तीव्रखबर

काठमाडौ,  । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले साधारण सभा डाकेको छ ।
कम्पनीको चैत ८ गते वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले सभामा गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीलाई १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यस्तै, कम्पनीको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ ।
बोनस सेयर वितरण भएपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुरुप प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । यसैगरी, कम्पनीको रजिष्टर्ड कार्यालय रहेको स्थान परिवर्तन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गर्ने लगायत प्रस्तावहरु पनि सभामा पेश हुनेछ ।
सभा प्रयोजनका लागि यसले फागुन २६ गते बुक क्लोज गरिसकेको छ । फागुन २५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन सक्नेछन् । सभा अनमोल बेंक्वेट, शंखमुल काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ ।

प्रतिक्रिया