March 14, 2025, 4:31 am
» ६० बर्षका आमिर खान फेरी प्रेममा परे ! » समाजवादी मोर्चाको बैठक जारी » प्रधानमन्त्री ओलीद्वारा साहित्यकार क्षेत्रीको निधनप्रति शोक व्यक्त » भक्तपुरमा स्कर्पियो दुर्घटना, आठ जना घाइते » परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

उद्योगमन्त्री माल्टा जाँदै, वनमन्त्री जर्मनी

फाल्गुन २८, २०८१ मा प्रकाशित | ४३०दर्शक तीव्रखबर

उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारी माल्टा जान लागेका छन् । सोमबार बसेको क्याविनेट बैठकले भ्रमण स्वीकृत गरेको हो ।

मन्त्री भण्डारीले चैत १५ गतेदेखि १७ सम्म त्यहाँ आयोजना हुने १६औँ ‘एनआरएनए युरोपियन रिजिनल कन्फ्रेस’मा सहभागी हुने कार्यक्रम छ ।

त्यस्तै, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही जर्मनी जाने तय भएको छ । चैत १२ र १३ गते बर्लिनमा आयोजना हुने ‘पिटरवर्ग क्लाइमेट डायलग’मा भाग लिन उनी त्यहाँ जान लागेको बताइएको छ ।

महालेखापरीक्षक तोयम रायाको स्पेन र थाइल्याण्ड भ्रमण पनि क्याविनेटबाट स्वीकृत भएको छ ।

प्रतिक्रिया