March 10, 2025, 6:55 pm
» प्रचण्डले मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै » राजनीति गर्न मन भए मैदानमा आउन पूर्वराजालाई प्रधानमन्त्रीको सुझाव » राजावादीहरुको प्रदर्शनले केही हल्लाएको छैन- प्रचण्ड » काठमाडौंका यी स्थानमा दुई महिनाका लागि निषेधाज्ञा जारी » हङकङ चाइनाले नेपाललाई दियो १०१ रनको लक्ष्य

हनुमन्ते खोलामा फेला परेको शवको पहिचान खुल्यो

फाल्गुन २६, २०८१ मा प्रकाशित | ३६०दर्शक तीव्रखबर

भादगाउँ (भक्तपुर),  भक्तपुर नगरपालिका-१ सिर्जनानगरस्थित हनुमन्ते खोलामा शनिबार फेला परेको शवको पहिचान खुलेको छ ।

शनिबार अपराह्न ३ः४५ बजे हनुमन्ते खोलामा एक युवकको शव फेला परेको थियो ।

उक्त शव रामेछापको गोकुलगङ्गा गाउँपालिका-५ कानीटार घर भई हाल भक्तपुरको जगाती बस्ने २१ वर्षीय रञ्जित विकको भएको खुल्न आएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेले बताउनुभयो ।

मृतककी दिदी पूजा प्रहरी सम्पर्कमा आई शवको पहिचान गरेको उहाँले जानकारी दिनुभयो ।

शव परिक्षणपश्चात् पूजाकी भाउजू शर्मिला गजमेरले आज दिउँसो बुझिलगेको प्रहरी नायब उपरीक्षक नेउपानेले बताउनुभयो ।

शव नग्न अवस्थामा फेला परेको थियो । स्थानीयले प्रहरीलाई खबर गरेपछि तत्काल घटनास्थल पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

मृत्युका कारण खुल्न नसकेको र घटनाको अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक नेउपानेले बताउनुभयो ।

प्रतिक्रिया