March 10, 2025, 4:44 pm
» प्रचण्डले मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै » राजनीति गर्न मन भए मैदानमा आउन पूर्वराजालाई प्रधानमन्त्रीको सुझाव » राजावादीहरुको प्रदर्शनले केही हल्लाएको छैन- प्रचण्ड » काठमाडौंका यी स्थानमा दुई महिनाका लागि निषेधाज्ञा जारी » हङकङ चाइनाले नेपाललाई दियो १०१ रनको लक्ष्य

उत्तर कोरियाले अज्ञात ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको आरोप

फाल्गुन २६, २०८१ मा प्रकाशित | ३६०दर्शक तीव्रखबर

काठमाडौँ । उत्तर कोरियाले आफ्नो पश्चिमी तटबाट दक्षिण कोरियातर्फ धेरै अज्ञात ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले आफ्नो क्षेत्रतर्फ मिसाइल प्रहार गरेको जानकारी दिएको छ ।
रिपोर्टका अनुसार दक्षिण कोरियाका ज्वाइन्ट चिफ्स अफ स्टाफ (जेसीएस) ले पत्रकारहरूलाई पठाएको सन्देशमा स्थानीय समय अनुसार दिउँसो २ बजेतिर पश्चिमी तटबाट समुद्रतिर मिसाइलहरू प्रहार गरिएको बताएका छन् । सन्देशमा दक्षिण कोरियाली सेनाले निगरानी र सतर्कता बढाएको भनिएको छ ।
उत्तर कोरियाको सरकारी मिडियाले सोमबारदेखि सुरु भएको अमेरिका र दक्षिण कोरियाबीचको वार्षिक संयुक्त सैन्य अभ्यासको आलोचना गरेको थियो र यसले कोरियाली प्रायद्वीपको अवस्थालाई अझ खराब बनाउने बताएको थियो ।

प्रतिक्रिया