March 4, 2025, 3:16 pm
» ललिता निवास जग्गा प्रकरणको फैसलाविरुद्ध अख्तियारको सर्वोच्चमा पुनरावेदन » आयल निगमले भन्यो, ग्यास सहज उपलब्ध हुन्छ, मुल्य यथावत छ » संसद बैठकमा अनिवार्य उपस्थित हुन एमालेको ह्वीप » चुच्चे नक्सा नागको फोटो टाँसे सरह : झलनाथ खनाल » नेप्से परिसूचक तीस अङ्कले घट्यो

एकै रुखमा झुन्डिएको अवस्थामा भेटिए युवा-युवती

फाल्गुन २०, २०८१ मा प्रकाशित | ३४०दर्शक तीव्रखबर

मोरङ- मोरङको पथरीशनिश्चरे नगरपालिका- ५ मौलाबारीस्थित बक्राहा खोलाको किनारमा विवाहित जोडी मंगलबार बिहान झुन्डिएको अवस्थामा भेटिएका छन् ।

बक्राहा किनारस्थित पिठारीको रूखको एउटै हाँगोमा झुन्डिएको अवस्थामा विवाहित जोडी मृत भेटिएका प्रहरीले जनाएको छ ।

पथरीशनिश्चरे–५ का २१ वर्षीय अजय टुडु र झापाको गौरीगन्ज गाउँपालिका–२ घर तथा मोरङको कटहरी गाउँपालिका–६ माइती भएकी २२ वर्षीया जुबामुनी हस्दा नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएका इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले बताए ।

दुवैजना विवाहित रहेको खुलेको दाहालले जानकारी दिए । उनका अनुसार घाँटीमा नाइलनको एउटै डोरीको पासो लगाएर रुखमा झुन्डिएको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार घटनास्थल अजयको घरबाट करिब १ किलोमिटर दक्षिणमा छ । मृत भेटिएकी जुबामुनीका पति कान्छा टुडु वैदेशिक रोजगारीका लागि विदेशमा छन् ।

मृत भेटिएकामध्ये अजयको घरमा पत्नी तथा ४ र २ वर्षका २ जना छोरा रहेको डीएसपी दाहालले बताए । जुबामुनीका डेढ वर्षका छोरा छन् । दाहालका अनुसार अयजले जुबामुनीलाई गत आइतबार राति घरमा लिएर आएको खुलेको छ ।

अजयको घरमा खाना खाएर राति नै उनी निस्किएकी थिइन् । उनीहरूको सम्पर्क र आउने जाने गरेको विवरण हेर्दा सम्बन्धमा रहेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रेम सम्बन्धले समस्या ल्याउन सक्ने ठानेपछि दुवै जनाले आत्महत्या गरेको हुनसक्ने डीएसपी दाहालले बताए ।

‘घटनास्थलको प्रकृति र प्रारम्भिक अनुसन्धानबाट सहमतिमै आत्महत्या गरेजस्तो देखिन्छ’, दाहालले भने, ‘घटनास्थल मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि पठाउँदैछौँ । अनुसन्धानपछि अरु कुरा खुल्छ ।’

प्रतिक्रिया