March 4, 2025, 2:04 pm
» संसद बैठकमा अनिवार्य उपस्थित हुन एमालेको ह्वीप » चुच्चे नक्सा नागको फोटो टाँसे सरह : झलनाथ खनाल » नेप्से परिसूचक तीस अङ्कले घट्यो » प्राविधिक समस्याका कारण स्पेसएक्सको स्टारशिप प्रक्षेपण स्थगित » पूर्वयुवराज पारसलाई वार्डमा सारियो

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

फाल्गुन २०, २०८१ मा प्रकाशित | २३०दर्शक तीव्रखबर

काठमाडौं, २० फागुन : बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१ सिमरास्थित राज होटेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ७० ग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत विहार राज्य मोफासिल सिवाना थाना सिवाना चनौर ग्राम पञ्चायत-१४ बस्ने ३५ वर्षीय गौतम कुश्वाहा, भारत विहार राज्य पूर्व चम्पारण  रमगढवा थाना सिंहसिनी ग्राम पञ्चायत-७ बस्ने ३० वर्षीय रन्जन कुमार सिंह र भारत विहार राज्य पूर्व चम्पारण रमगढवा थाना सिंहसिनी ग्राम पञ्चायत-१० बस्ने ४० वर्षीय संजिव कुमार राम रहेका छन् ।

इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ बाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ २ किलो ५ ग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चितवन कालिका नगरपालिका-३ बस्ने ५० वर्षीय संचलाल वाईवा र मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ बस्ने ४८ वर्षीय हिरालाल वाईवा रहेका छन् । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको प्र.३-०३-००२ प ८११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम सहित बर्दिया राजापुर नगरपालिका-१ बस्ने २७ वर्षीय सुमन चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी कालाकुण्डा र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.१३ प ८२७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

दाङ, राप्ती गाउँपालिका-३ मसुरिया बस्ने ३१ वर्षीय पुरन कामी समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मसुरियाबाट खटिएको प्रहरीले पुरनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित बाँसगढी नगरपालिका-९ तोरैया बस्ने २३ वर्षीय बिनय थारूलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, बिर्तामोड नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ५० मिलिग्राम सहित भद्रपुर नगरपालिका-४ बस्ने ३३ वर्षीय दिनेश माझीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो  ।

मकवानपुर, मनहरी गाउँपालिका-७ पेन्चेबाट अवैध लागूऔषध सेतो हेरोइन जस्तो देखिने पदार्थ २० ग्राम ६ सय ३० मिलिग्राम र ५१ हजार १ सय ७० भारतीय रूपैयाँ सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत पथेल थाना राजपुर पाथेल चतरा झारखण्ड बस्ने २८ वर्षीय संजय माझी र भारत बिहार बस्ने ३७ वर्षीय राम पुलार कुमार रहेका छन् ।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले राक्सिराङबाट मनहरीतर्फ जाँदै गरेको जेएच ०३ भी ०५३९ नम्बरको स्कारपियोलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी चालक संजय र गाडीमा सवार राम पुलारलाई पक्राउ गरेको हो ।

रूपन्देही, तिलोत्तमा नगरपालिका-४ दश नम्बर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिन पदार्थ ३ ग्राम २ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने ३१ वर्षीय सागर पोखरेललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बुटवल र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले लु.१२ प ९७२० नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-३ माछा भौडीबाट नियन्त्रित लागूऔषध ट्रामोल ५ सय क्याप्सुल सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१० बस्ने २७ वर्षीय बिनय देवान, सोही उपमहानगरपालिका-१६ बस्ने २८ वर्षीय कुविर श्रेष्ठ र सोही उपमहानगरपालिका-१० बस्ने ३५ वर्षीया सृजना गुरूङ रहेका छन् ।

वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पुरानो बजारबाट रत्न चोकतर्फ जाँदै गरेको को.२० प ४८१६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया