March 4, 2025, 1:11 pm
» संसद बैठकमा अनिवार्य उपस्थित हुन एमालेको ह्वीप » चुच्चे नक्सा नागको फोटो टाँसे सरह : झलनाथ खनाल » नेप्से परिसूचक तीस अङ्कले घट्यो » प्राविधिक समस्याका कारण स्पेसएक्सको स्टारशिप प्रक्षेपण स्थगित » पूर्वयुवराज पारसलाई वार्डमा सारियो

रुपन्देहीको सिद्धार्थनगरमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क शिविर सुरु

फाल्गुन २०, २०८१ मा प्रकाशित | ३१०दर्शक तीव्रखबर

काठमाडौं, । रुपन्देहीको सिद्धार्थनगर नगरपलिकाले महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सर रोगको जोखिम न्यूनीकरणका लागि शिविर सुरु गरेको छ ।
शिविरमा महिलाहरुको पाठेघर झरेको, पिसाब चुहिने समस्या, लगायत जाँच गरिनेछ । शिविरको सोमबार वडा नम्बर ९ बाट सुरुवात गरिएको छ । शिविर नगरका विभिन्न ४ स्थानमा हुने नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख ईश्वरी प्रसाद न्यौपानेले जानकारी दिए । उनका अनुसार शिविर सोमबार वडा नम्बर ९, मंगलबार वडा नम्बर ३ को खजहना, बुधबार वडा नम्बर १ को बेलहिया र बिहीबार वडा नम्बर ११ को भुजौलीमा हुनेछ । सबै शिविरहरु वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सञ्चालन हुनेछ ।
वडास्तरमा शिविर सञ्चालन गरिए पनि आफुलाई पायक पर्ने स्थानमा गएर महिलाहरुले पाठेघर सम्वन्धी निःशुल्क स्वास्थ्य जाँच गराउन सक्ने व्यवस्था मिलाइएको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले जानकारी दिइन् । महिलाहरुमा देखिने पाठेघर सम्बन्धी यो समस्यालाई समयमै पत्ता लगाई उपचार गरी निको पार्ने र समस्या नै आउन नदिने उद्देश्यले नगरपालिकाले वर्षेनी शिविर सञ्चालन गर्दै आएको उनले उपप्रमुख अधिकारीले बताइन् ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले नेपालमा महिलाहरूमा हुने क्यान्सरहरूमध्ये पाठेघरको मुखको क्यान्सर महिलाको मृत्यु हुनेमा पहिलो कारण रहेको उल्लेख गरे । उनले समयमै पहिचान गरी उपचार गरेर यो रोग निको पार्ने उद्देश्यले नगरपालिकाले निःशुल्क शिविर सञ्चालन गर्दै आएको जानकारी दिए ।

प्रतिक्रिया