March 4, 2025, 12:33 pm
» संसद बैठकमा अनिवार्य उपस्थित हुन एमालेको ह्वीप » चुच्चे नक्सा नागको फोटो टाँसे सरह : झलनाथ खनाल » नेप्से परिसूचक तीस अङ्कले घट्यो » प्राविधिक समस्याका कारण स्पेसएक्सको स्टारशिप प्रक्षेपण स्थगित » पूर्वयुवराज पारसलाई वार्डमा सारियो

भूमिसम्बन्धि अध्यादेशबाट पछि हट्यो सरकार

फाल्गुन २०, २०८१ मा प्रकाशित | २९०दर्शक तीव्रखबर

काठमाडौं । प्रतिनिधि सभाको बुधबार बस्ने बैठकमा पाँच वटा अध्यादेश पेश गरिने भएको छ । सत्ता साझेदार दलको बैठकले भूमि सम्बन्धि अध्यादेशलाई तत्काल अघि नबढाउने र बाँकीलाई बुधबार प्रतिनिधि सभामा र बिहीबार राष्ट्रिय सभामा पेश गर्ने सहमति जुटेको हो ।
सरकारले ६ वटा अध्यादेश ल्याएकामा सत्ता गठबन्धनमा रहेका जसपा नेपाल र लोसपाले भूमिसम्बन्धी अध्यादेश फिर्ताको अडान राखेकाले पाँच वटा अध्यादेशमात्र संसदबाट पास गर्न लागिएको हो ।
भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश गत माघ २ मा जारी भएको थियो । त्यस अगाडि गत पुस १४ मा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएको थियो । त्यसपछि पुस २९ मा थप चारवटा अध्यादेश जारी भएका थिए ।
जसपा र लोसपाले भूमि बाहेकका अध्यादेश अघि बढाउन सहयोग गर्ने निर्णय गरेकाले यी अध्यादेश दुवै सदनबाट स्वीकृत हुने छ भने, भूमि अध्यादेशबारे पछि थप सहमति खोज्ने सरकारको तयारी छ ।
जसपा नेपालको आइतबारबाट जारी केन्द्रीय कमिटी बैठकमा पनि भूमि सम्बन्धी अध्यादेश कुनैपनि हालतमा नस्विकार्ने बताएपछि र सत्तारुढ लोसपा पनि यस अध्यादेशमा सहमत नभएपछि सरकार पछि हट्न बाध्य भएको बताइएको छ ।

प्रतिक्रिया