January 22, 2025, 7:55 am
» भारतमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु » ४ विकेटको क्षतिमा अष्ट्रेलियाले जोडयो ८६ रन » नागरिकता सम्बन्धी कसुरमा संलग्न व्यक्ति पक्राउ » Price of gold hits Rs 160 thousand per tola » कप्तान पुजाले लिईन अष्ट्रेलियाबिरूद्द ३ विकेट

चणिकलाललाई बागमती सरकारले डेढ लाख नगदसहित सम्मान गर्ने

अशोज १४, २०८१ मा प्रकाशित | १११०दर्शक तीव्रखबर

काठमाडौं,  । बागमती प्रदेश सरकारले ललितपुरको नख्खु खोलामा आएको बाढीले बगाएका चार जनामध्ये दुई जनाको उद्दार गरेको चणिकलाल तामाङलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

उनलाई डेढ लाख नगदसहित प्रदेश सरकारले सम्मान गर्न लागेको हो ।

अविरल वर्षाका कारण उनीहरु धेरै जस्ताले बेरिएको टहरामा बसेका थिए । उनीहरुले थाहा पाउँदा वरिपरी बाढीले घेरेर त्यहाँबाट उम्किने उपाय नै थिएन ।

अन्ततः उनीहरु त्यो टहराको छतमा चढेर गुहार मागे । लामो समय टहराको छतमा बसेर गुहार मागे पनि उनीहरुलाई बचाउन राज्यको संयन्त्रले तदारुकता देखाएन ।

नक्खु खोला किनारमा ग्रिल कारखाना र कवाड सामान राख्ने टहरोमा बस्दै आएका रौतहटका राजु साह, उनकी छ वर्षीय छोरी मेघना साह, राजुका भाइ राज साह र राजकी चार वर्षीय छोरी सेर्तु साहलाई खोलाले बगाएको थियो ।

काभ्रेको तेमाल गाउँपालिका- ९ चोकटारका तामाङले दुई जनालाई उद्धार गरी बचाएका थिए । भने एक जना आफैं पौडिएर निस्कन सफल भए । राजकी चार वर्षीय छोरी सेर्तु अझै पनि बेपत्ता छिन् ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले चणिकलाललाई फोनमार्फत धन्यवाद व्यक्त गर्दै प्रदेश सरकारले नगद पुरस्कारसहित सम्मान गर्न लागेको जानकारी गराएका हुन् । चणिकलालले सामान्य मजदुरी (रङ लगाउने काम) गरेर जीविकोपार्जन गर्दै आएका थिए ।

प्रतिक्रिया