February 22, 2025, 6:42 pm
» Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela » पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप » ताप्लेजुङमा राजेन्द्र महतोलाई कालो झण्डा देखाइयो » बलकोटलाई दरबार भन्दा दुख लाग्छ, ३३ बर्ष जागिर खाएर बनाएकी हुँ- राधिका शाक्य

निजामती कर्मचारी सङ्गठनकाे गजल प्रतियोगिता सम्पन्न

असार ३१, २०८१ मा प्रकाशित | ६३७०दर्शक तीव्रखबर

काठमाडौं । भानु जयन्ती एवं सहिद मनाेज – झपेन्द्र – सुरेन्द्र स्मृति  दिवस, २०८१ को सन्दर्भका अवसरमा निजामती कर्मचारी संगठनले खुल्ला गजल प्रतियोगिता तथा स्रष्टा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले भानु जयन्ती तथा सहिद स्मृति दिवसलाई माध्यम बनाएर र अग्रज स्रष्टाहरूलाई साक्षी राखेर नयाँ पुस्ताका गजलहरूको खोजी गरी पुरस्कृत गर्ने कार्यका लागि आयोजक संस्थाको उच्च प्रशंसा गरेका थिए । उपाध्यक्ष पोखरेलले पूर्वजहरूको सम्झना र अग्रजहरूको सम्मान गर्दै अनुज पुस्तालाई प्रोत्साहन गर्न सकेमात्र नेपाली साहित्यले आफ्नो अभीष्ट प्राप्त गर्न सक्ने विचार सो अवसरमा व्यक्त गरेका थिए ।
उक्त खुल्ला गजल प्रतियोगितामा देशभरीबाट आएका ५६ वटा गजल मध्ये १५ गजल छनोट भई वाचन भएकोमा जाजरकोटका प्रकाश किरण प्रथम भएका थिए भने झापाका प्रमोद खतिवडा द्वितीय र काभ्रेपलाञ्चोककी अर्पणा चापागाईं तृतीय भएकी थिइन् । पुरस्कृत गजलकारहरूलाई क्रमशः नगद १० हजार, ७ हजार, ५ हजार र प्रमाण–पत्र प्रदान गरिएको थियो ।


गजल प्रतियोगितामा देशभरीबाट प्राप्त ५६ गजल मध्येमा निर्णायक समूहबाट प्रारम्भिक चरणमा छनोट गरिएका उत्कृष्ट १५ ओटा गजललाई कार्यक्रममा वाचनका लागि प्रस्तुत गरिएको आयोजक सङ्गठनका अध्यक्ष लेखनाथ कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया