February 23, 2025, 7:16 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

सुदूरपश्चिमको बजेट बहुमतले पारित

अशोज ६, २०८१ मा प्रकाशित | १२३०दर्शक तीव्रखबर

धनगढी । सुदूरपश्चिम प्रदेशसभाबाट आर्थिक वर्ष ०८१/०८२ को बजेट बहुमतले पारित भएको छ। आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले गत भदौ ३१ गते प्रदेशसभामा ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट पेश गरेका थिए ।

छलफलका क्रममा बजेटमा सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि जनाएपनि आइतबार भने बजेट बहुमतले पारित भएको हो । बजेट पारित भएसँगै दुई महिनादेखिको बजेट शून्यता भने हटेको छ ।

प्रतिक्रिया