September 19, 2024, 4:02 pm
» क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ » असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने » प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान » PM asks to secure future by using constitutionally ensured freedom

कर्णालीका निर्माण व्यवसायीलाई प्रोत्साहन अवश्यक – गणेश आचार्य निर्माण व्यवसायी

अशोज २, २०८१ मा प्रकाशित | ६३०दर्शक तीव्रखबर

काठमाडौं । नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठनका केन्द्रिय सदस्य, नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य एवं अभियान कन्ट्रक्सन प्रा.लि.का निर्देशक तथा समाजसेवी गणेश प्रसाद आचार्यसंग कर्णालीको  राजनीतिक घट्नाक्रम तथा निर्माण व्यवसायको अवस्थाका बारेमा गरिएको छोटो कुराकानीको सारांश :

कर्णाली प्रदेशको पछिलो राजनीतिक सामाजिक अवस्था बारे बताईदिनु हुन्छ की ?
कर्णाली प्रदेश पछि धेरै परेको हो । अझै राज्यको नजर परेको छैन् । त्यहाँबाट आएका जनप्रतिनिधीहरु केन्द्रमा राम्रोसंग पहुँच पुग्न सकेका छैनन् । मुख्य कर्णालीको विकास नहुनुको कारण यहि समस्या हो । दोस्रोमा शिक्षा, स्वास्थ्य विज्ञ कर्मचारीको अभावमा हुर्किएको देखिन्छ । सडक सञ्जालबाट अझै पछि परेको छ । सडक सञ्जाल राम्रोसंग बनेपछि मात्रै कर्णालीको विकासमा टेवा पुग्नेछ । अब दुरदर्शी नेताको अभाव ठला उद्योगपतिहरुले त्यो ठाउँमा कलकारखानाहरु खुल्ने र त्यहाँको जनतालाई रोजगार दिने हो भने मात्रै कर्णालीको विकास हुन सक्छ । कर्णालीको विकास नहुनुको मुल कारण समयमा बजेट नपुग्नु र विज्ञ कर्मचारीहरुको अभाव पनि हुने हुनाले कर्णालीको विकास नभएको हो ।
तपाई निर्माण व्यवसायीको केन्द्रिय सदस्य हुनुहुन्छ ? तपाईको अनुभवमा त्यस क्षेत्रलाई विकास गर्न राज्यले के के गदाृ ठिक होला ?
कर्णालीमा विकासका लागि राज्यले आर्थिक विभाजन पक्षमा सौतेनी व्यवहार नभइृ कर्णाली पनि राज्यको एक अंग हो भन्ने राज्यलाई ध्यानाकर्षण होस् । राज्यपक्षबाट गएको बजेट समयमा नै खर्च हुनको लागि भौगोलिक विविधतालाई मध्यनजर गरी समयमै काम गर्ने मापदण्ड राज्यले निर्मााण गरोस् । राज्यले कर्णालीलाई चिन्ने पर्यटकीय क्षेत्र, बनस्पती, जडिबुटी, फलफुल, आदी विषयको व्यवस्थापन गर्न र बजारीकरण गर्न, यातायातको पहुँच लगायतकालाई विशेष ध्यान दिन जरुरी छ ।
निर्माण व्यवसायीका समस्या बारे बताईदिनुहोस् ?
कर्णाली भौगोलिक विकटता सबैलाई थाहा छ तैपनि कर्णालीका दुरदराजका मानिस गरिब हुनु स्वभााविकै हो । कर्णालीका निर्माण व्यवसायीले काठमाडौंको निर्माण व्यवसायीसंग प्रतिस्पर्धा गर्नुपर्ने परिपाटिको अन्त्य नहुञ्जेलसम्म कर्णालीका निर्माण व्यवसायीहरुको समग्र उन्नती–प्रगति हुन सक्दैन भने समयमा नै बजेट निकासा नहुनु समयमै टेण्डर नहुनु, विशेष प्रतिस्पर्धा हुनु, कर्णालीका निर्माण व्यवसायीहरुको दुर्भाग्य हो । कर्णालीका समग्र निर्माण व्यवसायी साना वर्गका परेका हुनाले ठूला निर्माण व्यवसायीहरुको हात बाहिर जान नसकेको हो । कर्णालीको विकासका लागि राज्यले समयमा नै बजेट निकासा समयमा काम गर्नेलाई पुरस्कार र काम नगर्नेलाई सजायको व्यवस्था जहाँसम्म हुँदैन त्यहाँसम्म कर्णाली पछि परिरहने छ ।
तपाईले निर्माण व्यवसाय शुरु गर्नुभएको कति वर्ष भो र के कति अनुभव लिनु भएको छ ?
मेरो सुरुवात शान्तिकाल पछि २०६७ सालबाट शुरु गरियो, मेरो अनुभवमा मैले जे जति काम लिए, समयमै सम्पन्न गरेको छु र राज्यबाट पुरस्कृत पनि भएको छु । जो कि कर्णालीमा राज्यलाई कर तिर्नु पर्छ भन्ने अनुभव नभएको कर्णालीमा समयमा नै कर तिरी कर्णालीकै नम्बर एक भएर कर कार्यालयबाट पुरस्कृत भएको छु । भौगोलिक विकटताका वावजुद राज्यले दिएको जिम्मेवारी समयमै काम सम्पन्न गरेको छु । काम गर्ने क्रममा बाढा अड्चन आउनु स्वभाविकै हो । म निर्माण व्यवसायी मात्र नभई त्यो ठाउँको असल नागरिकको नाताले त्यहाँको विकास निर्माणलाई समयमा नै सम्पन्न गर्ने मेरो जिम्मेवारी पनि हो ।
तपाई कालीकोटका स्थायी बासिन्दा भएको नाताले त्यहाँको अवस्था बारे बताई दिनुस् ?
कर्णाली प्रदेशकै भूगोलको हिसावले विकटता भएको कालीकोट जिल्ला हो । त्यहाँ शिक्षा, स्वास्थ्य र कृषिको बजारी करणको अभाव छ । आर्थिक विकासका निम्ति उद्योग करखाना नभएको, रोजगारको अवसरबाट समेत बञ्चित भएको कालीकोट जिल्ला जहाँसम्म त्यहाँका जनताहरुले आफ्नो हक अधिकारको लागि जबसम्म जागरुक हुँदैनन् तवसम्म कालीकोट जिल्ला विकासका लागि असम्भव देखिन्छ ।
अन्त्यमा के भन्नु हुन्छ ?
अन्त्यमा समग्र कर्णाली प्रदेशका पिछडिएका क्षेत्रहरु सक्षम कर्मचारी उत्पादन तथा केन्द्रबाट कर्मचारी पठाई जनताको काम यथासिघ्र अवस्थामा हुनेगरी राज्यले व्यवस्थापन गरोस् । गाउँपालिकका अध्यक्ष तथा मेयरले महिनौ कर्मचारीका लागि सिंहदरबारको ढोका ढक्ढक्याउने परिपाटीको अन्त्य होस्, समयमै कर्मचारी पुगुन, समयमै बजेट पुगोस्, समयमै विकास निर्माणका योजनाहरुको टेण्डर खोलियोस् र समयमै काम समाप्त होस् भन्ने चाहन्छु ।

प्रतिक्रिया