January 22, 2025, 4:22 am
» आजको मौसमः तराइका भू-भागहरुमा हुस्सु र कुहिरो बाँकी भू-भागमा मुख्यतया सफा रहने » यौनदुर्व्यहारजन्य म्यासेज पठाउने इनड्राइभका चालक प्रहरी फन्दामा » झापाका एसपी मिलन केसीलाई सशस्त्रका आइजी अर्यालले गरे सम्मान » अमेरिकामा जन्मिएकालाई स्वत: नागरिकता खारेज गर्दै ट्रम्प, अवैध आप्रवासीलाई तनाव » गौरवको योजनामा कमसल सामाग्री प्रयोग, कालोपत्र गरेको १५ दिनमै चर्कियो सडक

शनिबार केही प्रदेशमा भारी वर्षाको सम्भावना

भदौ २९, २०८१ मा प्रकाशित | १२६०दर्शक तीव्रखबर

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव संगै भारतको मध्य उत्तरप्रदेशको आसपास रहेको न्यूनचापिय प्रणालीको प्रभाव देखिएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ ।
हाल गण्डकी, लुम्बिनी कर्णाली र सुदूपरश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरु तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ।  कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
त्यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भागको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

प्रतिक्रिया