September 19, 2024, 1:06 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

लुम्बिनी प्रदेशका वन मन्त्रीको राजिनामा स्वीकृत

भदौ २६, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

लुम्बिनी,  : लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले आफ्नो पदबाट दिनुभएको राजिनामा आज मुख्यमन्त्री चेतनारायण आचार्यले स्वीकृत गर्नुभएको छ ।

बाँके क्षेत्र नं ३ प्रदेशसभा (ख) बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य कुर्मी गत साउन ९ गते लुम्बिनी प्रदेशको वन तथा वातावरणमन्त्री नियुक्त हुनुभएको थियो ।

मन्त्रीमा नियुक्त भएदेखिनै उहाँको बारेमा मानव अधिकारकर्मीले विरोध गर्दै आएका थिए । आफूमाथि लागेको आरोपबारे छानबिन गर्न मार्ग प्रसस्त गर्न उहाँले मन्त्री पदबाट राजिनामा दिनुभएको हो ।

प्रतिक्रिया