February 27, 2025, 6:58 am
» दुई दिने शैक्षिक मेला आयोजना गर्दै काठमाडौं महानगरपालिका » राष्ट्रपतिद्वारा ग्याल्पो लोसारको शुभारम्भ » सामाजिक मर्यादा ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने कार्य नियन्त्रण हुन्छ- प्रधानमन्त्री ओली » नेमकिपाको आठौं महाधिवेशन फागुन १६–१९ सम्म भक्तपुरमा हुने » दयाहाङ र विजय अभिनित फिल्म ‘वरिष्ठ बलराम’ को प्रदर्शन मिति घोषणा

आजदेखि उपत्यकाका यी क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने

फाल्गुन १५, २०८१ मा प्रकाशित | २९०दर्शक तीव्रखबर

काठमाडौं । आजदेखि फागुन १७ गतेसम्म काठमाडौं उत्यकाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सदृढीकरण आयोजना खरिपाटी, भक्तपुरका अनुसार बिहीबारदेखि विभिन्न ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध हुने जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार बानेश्वर र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् आपूर्ति अवरुद्ध हुन लागेको हो ।
विद्युत् बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म अर्थात् दैनिक ५ घण्टा विद्युत् आपूर्ति बन्द हुनेछ । १५ र १६ गते गौशाला चोकदेखि पुरानो बानेश्वरसम्म र १७ गते भत्केको पुल (चाबहिल) वरिपरिका क्षेत्रमा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया