कैलाली, । सुदूरपश्चिम प्रदेश सभा सचिवालयले संसदीय समितिका सभापतिको निर्वाचन हुदैँछ ।
समितिका सभापतिको निर्वाचनका लागि चुनावी प्रक्रिया आजबाट सुरु हुने प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिएका छन ।
आज प्रस्तावित सभापतिको उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गर्ने र समितिका सभापतिको निर्वाचनका लागि सम्बन्धित समितिको बैठक प्रारम्भ र निर्वाचन मत परिणाम घोषणा गर्ने तालिका रहेको छ ।
सचिवालयका अनुसार हिजो मतदाता रहेका प्रदेश सभा सदस्यहरूको नामावली प्रकाशन गर्ने, मतदाता नामावली उपर दाबी विरोध, अन्तिम मतदाता नामावली प्रकाशन र सभापति पदमा निर्वाचित गरियोस भन्ने प्रस्ताव दर्ताको तालिका रहेको थियो ।
साथै, विशेषाधिकार समितिको निर्वाचनको मत परिणाम घोषणाका लागि समितिको बैठक फागुन ४ गते दिनको २ः३० बजेटबाट सञ्चालन हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।
सभामुख भीमबहादुर भण्डारीले गत माघ १८ गते दोस्रो पटक सभापतिको निर्वाचन तय गरेका हुन ।
प्रतिक्रिया