February 22, 2025, 6:02 pm
» Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela » पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप » ताप्लेजुङमा राजेन्द्र महतोलाई कालो झण्डा देखाइयो » बलकोटलाई दरबार भन्दा दुख लाग्छ, ३३ बर्ष जागिर खाएर बनाएकी हुँ- राधिका शाक्य

ओभरटेक गर्दा मोटरसाइकल छिर्‍यो ट्रकभित्र. एकको मृत्यु

माघ २८, २०८१ मा प्रकाशित | ६८०दर्शक तीव्रखबर

काठमाडौं – स्याङ्जामा ट्रकभित्र मोटरसाइकल छिर्दा एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा वालिङ नगरपालिका-९ क्याम्पस रोडका १६ वर्षीय सुशील गुरुङ छन्। उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा आइतबार राति ११ बजे मृत्यु भएको स्याङ्जा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले बताए।
उनका अनुसार राति सवा १० बजे वालिङ नगरपालिका-८ डुम्रिकोटस्थित सिद्धार्थ राजमार्गमा वालिङबाट भकुण्डेतर्फ जाँदै गरेको ग१ख ९४७२ नम्बरको ट्रकलाई लु६९प ८०७६ नम्बरको मोटरसाइकलले ओभरटेक गर्दा दुर्घटना भएको थियो।
ओभरटेक गर्ने क्रममा मोटरसाइकल ट्रकको बीचमा पसेको प्रहरीले जनाएको थियो। मृतक गुरुङ मोटरसाइकलको पछाडि सवार थिए।
ट्रक चालक पर्वत कुश्मा नगरपालिका-१२ का ३९ वर्षीय दिवाकर लामिछाने र मोटरसाइकल चालक वालिङ नगरपालिका-८ का १७ वर्षीय हेमन्त राना प्रहरीको नियन्त्रणमा छन्।

प्रतिक्रिया