February 22, 2025, 6:21 pm
» Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela » पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप » ताप्लेजुङमा राजेन्द्र महतोलाई कालो झण्डा देखाइयो » बलकोटलाई दरबार भन्दा दुख लाग्छ, ३३ बर्ष जागिर खाएर बनाएकी हुँ- राधिका शाक्य

कुवेतबाट नेपाल आउँदा आउँदै आकाशमै मृत्यु

पुस १९, २०८१ मा प्रकाशित | ७१०दर्शक तीव्रखबर

कुवेतबाट काठमाण्डौ आउँदै गरेको हिमालयन एयरको उडान नम्बर H9572  विमानमा सवार एक जना नेपाली नागरिकको हृदयघातका कारण मृत्यु भएको छ ।

उक्त विमानले स्थानीय समयअनुसार ०२:३४ बजे उडान शुरु गरेको थियो । केही घण्टामै एक यात्रुको स्वास्थ्यमा समस्या देखिएपछि ओमनको मस्कट विमानस्थलमा आपतकालीन अवतरण गराईयो ।

यात्रु मृत भएको चिकित्सकले जानकारी दिएपछि विमानलाई  मस्कटबाट कुवेततिरै फिर्ता गरिएको छ । मृतकलाई मेडिकल प्रकृया पूरा गर्न कुवेतमा छोडेर काठमाण्डौ ल्याउने तयारी भैरहेको बुझिएको छ । अहिले बिहान  ९ : १० बजे अवतरण हुनु पर्ने विमान आज साँझ ७ बजे मात्रै आउने छ ।

मृतकको विस्तृत विवरण खुल्न सकेको छैन । यात्रु मृत भएको चिकित्सकले जानकारी दिएपछि विमानलाई  मस्कटबाट कुवेततिरै फिर्ता गरिएको छ ।

प्रतिक्रिया