February 22, 2025, 6:13 pm
» Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela » पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप » ताप्लेजुङमा राजेन्द्र महतोलाई कालो झण्डा देखाइयो » बलकोटलाई दरबार भन्दा दुख लाग्छ, ३३ बर्ष जागिर खाएर बनाएकी हुँ- राधिका शाक्य

अध्यागमन कानुन उल्लंघन गरेको अभियोगमा मलेसियाद्वारा २६ नेपाली निकालिए

मंसिर १३, २०८१ मा प्रकाशित | १०००दर्शक तीव्रखबर

काठमाडौं : मलेसियाले एकैदिन २६ जना नेपालीलाई निष्कासन गरेको छ। मलेसियाको कानुन उल्लंघन गरेको अभियोगमा उनीहरूलाई निष्कासन गरिएको हो।

अध्यागमन कार्यालय स्रोतका अनुसार उनीहरू बिहीबार साँझ काठमाडौं आइपुगेका हुन्। बटिक एयरलायन्सको विमानबाट उनीहरू काठमाडौं आइपुगेका हुन्। केही महिनाअघि श्रम गरेर मलेसिया पुगेका उनीहरूलाई त्यहाँको अध्यागमनले पक्राउ गरेको थियो। श्रम सम्झौताविपरीत अर्कै कम्पनीमा काम गरेको भेटिएपछि त्यहाँको अध्यागमनले पक्राउ गरी हिरासतमा राखेको स्रोतले बतायो।

‘सप्लाई कम्पनीको लागि श्रम गरेर उनीहरू मलेसिया गएका रहेछन्। तर, सम्झौता विपरीत त्यो कम्पनीले अर्कै कम्पनीमा काम लगाएको रहेछ। कानुन विपरीत काम गरेको सूचनापछि मलेसियाको अध्यागमनले छापा मारेर २६ जनालाई नै पक्राउ गरेको थियो,’ स्रोतले अन्नपूर्णसँग भन्यो। मलेसियाको अध्यागमनले उनीहरूलाई दुई हप्ता हिरासतमा राखेर अनुसन्धान गरेको थियो। अनुसन्धानपश्चात बिहीबार उनीहरूलाई नेपाल डीपोर्ट गरिएको स्रोतको भनाइ छ।

निष्कासनमा पर्नेहरूमा राजन विक, वीरबहादुर मगर, खड्कबहादुर घर्ती, नारायण बहादुर घर्ती, अमरबहादुर मगर, डिल्ली केसी, मुन्डनाथ मण्डल, प्रेमबहादुर लामा, राजेन्द्र वाइबा र विष्णु नारायण साह छन्।

त्यस्तै मोदिन्द दत्त भट्टराई, विनोद कुमार बिके, धनबहादुर खत्री, हरिचन्द्र साउद, कैलास बुढा मगर, राम सुन्दर यादव, जगतबहादुर राना, टंकबहादुर श्रेष्ठ, रामशरण ठाकुर, प्रताप घर्तीमगर, लक्ष्मी राम घर्तीमगर, विष्णुप्रसाद चौधरी, तप्तबहादुर बोहोरा रहेका छन्।अन्नपूर्ण बाट

प्रतिक्रिया