February 22, 2025, 6:10 pm
» Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela » पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप » ताप्लेजुङमा राजेन्द्र महतोलाई कालो झण्डा देखाइयो » बलकोटलाई दरबार भन्दा दुख लाग्छ, ३३ बर्ष जागिर खाएर बनाएकी हुँ- राधिका शाक्य

सरकारलाई सहजीकरण गर्न बागमतीमा कांग्रेस र एमालेले गठन गरे संयन्त्र

कार्तिक २५, २०८१ मा प्रकाशित | १७८०दर्शक तीव्रखबर

काठमाडौं : बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेले सरकारका प्राथमिकता कार्यान्वयनमा सहजीकरण गर्न राजनीतिक संयन्त्र गठन गरेका छन् । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा आइतबार बसेको बैठकले दुई दलले एक/एक महिना पालो पालो संयोजन गर्ने गरी संयन्त्र गठन भएको हो।

दुई दलबीच २०८१ साल मंसिर मसान्तसम्मको बैठकको संयोजन नेपाली कांग्रेसले गर्ने सहमति भएको छ। संयन्त्रमा नेपाली कांग्रेसका तर्फबाट नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति सभापति ईन्द्रबहादुर बानियाँ, बागमती प्रदेशको संसदीय दलको नेता एवम् मुख्यमन्त्री  बहादुरसिंह तामाङ, उपसभापति चन्द्र महर्जन रहेका छन्। यसैगरी नेकपा (एमाले) बाट बागमती प्रदेशका ईन्चार्ज राजन भट्टराई,  बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल रहेका छन्।

संयन्त्रको सचिवालयमा नेपाली कांग्रेस र नेकपा (एमाले) का तर्फवाट एकएक जना रहने सहमति भएको छ। बैठकले बागमती प्रदेशका तेह्र वटै जिल्लामा संयन्त्र निर्माण गर्न दुबै दलका जिल्ला तहसँग समन्वय गरी यथाशीघ्र गठन गर्न निर्देशन दिने, संयन्त्रको बैठक महिनामा कम्तिमा एकपटक अनिवार्य बस्ने र आवश्यकता अनुसार थप बस्न सक्ने  निर्णय भएको हो।

दलीय संयन्त्र र बागमती प्रदेश सरकारका मन्त्रीहरूको संयुक्त बैठक आगामी २०८१ मंसिर ३ गते बागमती प्रदेश मुख्यमन्त्रीको कार्यालय हेटौंडामा बसी बागमती प्रदेश सरकार गठन भएको एक सय दिनको उपलब्धि र आगामी कार्यक्रमका बारेमा जानकारी लिने निर्णय भएको छ।

प्रतिक्रिया