November 23, 2024, 3:32 pm
» अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु » इराकमा भएको हवाई आक्रमणमा पाँच जना आइएस लडाकुको मृत्यु » काठमाडौँमा आज तीन शव भेटिए » गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दिगो रुपमा हुन्छ : मन्त्री पाण्डे » चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…

पशुपतिनाथमा भक्तजनको बिहानैदेखि घुइँचो

साउन १, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

काठमाडौँ, आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

अहिले पशुपतिनाथमा भक्तजन पूजाअर्चनाका लागि लाइन लागेका छन् । साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्दछ ।

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले  पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको पूजाआजाका  लागि घुइँचो लागेको राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । पशुपतिनाथ मन्दिरमा पनि भक्तजनको विशेष भीड लागेको छ ।”

आजदेखि साउनभरिमा पशुपति क्षेत्रमा कोटीहोम र शिवपुराणको पाठ पारायणजस्ता कार्यक्रम राखिएकाले विगत वर्षमा भन्दा यसपटक भक्तजनको बढी भीड हुने विकास कोषले जनाएको छ ।

 कोषले गत असार १ गतेदेखि पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गर्न थालेको भए पनि साउनमा आउने भक्तजनका लागि सहज होस् भन्ने उद्देश्यका साथ पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले बताउनुभयो ।

प्रतिक्रिया