चौधरी ग्रुपको ठगी : भुकम्प पिडीतको नाममा संकलन गरेको १ अर्ब ४५ करोड ठगी

- January 12, 2018 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । विश्वको धनीको सूचीमा रहेका भारतीय मुलका नागरिक बिनोद चौधरीको ठगीधन्धामा तीब्रता आएको छ । नेपाल सरकारले चौधरीको अबैध कारोबार गर्दै लामो समयदेखि कर राजस्व छली गर्दै धनी बनेको समाचार प्रकाशन भएपनि सरकारले कारबाही नगर्दा जनताको नाममा समेत उठाएको रकम समेत आफ्नै खातामा जम्मा गरेर ठगी गरेको पाइएको छ ।
पछिल्लो समयमा प्राप्त विवरण अनुसार गत बैंसाख १२ गते आएको विनाशकारी भुकम्पपछि घरबाँस विहिन भएका भुकम्प पिडीतहरुको नाममा चौधरी ग्रुपले ब्रम्मलुट नै मञ्चाएको पाएको छ । आफुलाई विश्वकै धनी उद्योगपतिको रुपमा परिचय दिदै आएको सो समुहका अध्यक्ष चौधरीकै योजनामा ठगी भएको समेत आरोप लागेको छ । भुकम्पहरुलाई अत्याधुनिक घर बनाईदिने बहानामा अर्बौं रुपैयाँ अपचलन गर्न सफल भएको पाइएको छ । सो समुहका अध्यक्ष चौधरीको योजनामा पिडीतको नाममा गुणस्तरहिन सामान्य रुपको घर बनाई सो घरमा चौधरी ग्रुपको लोगो झुण्डाउनमात्र २५ करोड रुपैयाँभन्दाबढी रकम हिनामिना गरेको चौधरी ग्रुपकै एक कर्मचारीले बताएका छन्् ।
सो ग्रुपले जुनजुन स्थानमा घर बनाएर हस्तान्तरण गरेको छ त्यो कमसल बाँसको प्रयोग गर्न लगाई हावापानी समेत छेक्न हम्बेहम्बे पर्ने घर निमार्ण गरेर पक्कि घर बनाएको कागजपत्रमा हस्ताक्षर गर्न लगाएको समेत पिडितहरुको गुनासो रहेको छ । चौधरी फाउण्डेसनको नाम दिएर सिन्धुपाल्चोक जिल्लाको भीमटार, काभ्रेको केही गाउँमा बनाएर हस्तान्तरण गरेको सो घरहरु बस्न योग्य समेत छैन । सिन्धुपाल्चोक जिल्लाको भीमटार गाविस (साविकको गाविस) को दनुवार बस्तीमा बनाएको एकसय १८ भूकम्प पीडित परिवारलाई हस्तान्तरण गरेको घर गुणस्तहिन रहेको छ । जुन घर पालमुनी बसेको भन्दा फरक नभएको स्थानीय बासिन्दाहरुको अनुभब रहेको छ ।
सो समुहले भूकम्पबाट घर गुमाएका मध्ये १० हजार परिवारका लागि घर बनाईदिने प्रतिवद्धता अनुरुप फाउण्डेसनले माझी तथा दनुवार समुदायको बाहुल्यता रहेको भीमटारका पीडित परिवारलाई घर प्रदान गरेको थियो तर सो ग्रुपको गोप्य प्रतिबेदनमा पक्कि सुविधासम्पन्न घर निर्माण गरेको उल्लेख छ । जुन रिपोर्टमा चौधरी ग्रुपले एकघर निर्माणमा ९० लाख रुपैयाँ लागत लागेको उल्लेख गरेको चौधरी ग्रुपकै एक कर्मचारीको दाबी रहेको छ ।

गुणस्तरहिन घर बनाउदै आफ्नो लोगो राख्न काभ्रेको दोलालघाट, काठमाडौंको मच्छेगाउँ, भक्तपुरको चाँगुमा पक्कि घर बनाएको नक्कली रिपोर्ट बनाई १ अर्ब ४५ करोड ६७ लाख ५३ हजार रुपैयाँ ठगी गरेको आरोप उच्च स्रोतको दाबी रहेको छ । नाम नलेख्ने सर्तमा सोही ग्रुपका एक कर्मचारीले दिएको जानकारी अनुसार चौधरी समुहले सिन्धुपाल्चोकको भीमटार, काभ्रेको दोलालघाट, दोलाखाको नाम्दु, काठमाडौंको मच्छेगाउँ, भक्तपुरको चाँगु, ललितपुरको बुरुङचुली र लोकुण्डोलका भूकम्प पीडितको घर बनाएको भन्दै अर्बौं रुपैयाँ अनियमिकता गर्न सफल भएको दाबी गरेका छन् ।
सो ग्रुपले भूकम्पपीडितको घर बनाउन २५ करोड रुपैयाँ खर्चभएको उल्लेख गरेको छ । भने सो घर स्कुल निमार्ण गर्ने भन्दै विदेशी संस्थासंग रकम संकलन गरेका थिए । ग्रुपका अध्यक्ष चौधरीले भूकम्पपीडितका लागि १ हजार घर आफैँ बनाइदिने र बाँकी ९ हजार घर दातृ निकायको सहयोगमा बनादिएको घोषणा गरे तर सवै बिदेशी सहयोगमा समान्य टहरो बनाएर चौधरीको खर्चमा कहिकतै घर बनेको रेकडै छैन मात्र बनाएका गुणस्तहिन घरमा चौधरी ग्रुपको लोगोमात्र झुण्डाएको छ ।
चौधरीले प्राइस वाटर हाउस कुपर्स पिडब्लुसी भारत र सिड्सको सहयोगमा घर बनाएको भन्दै रकम हिनामिना गरेका हुन । काठमाडौंको चन्द्रागिरीस्थित मच्छेगाँउमा चौधरी समूहले भूकम्प पीडितहरुलाई एउटा घरको नमूना देखाएर झारो टार्ने काम गरेको भेटिएको छ । बाँसबाट बनाइएका यी टहराहरु भत्किसकेका छन् । मच्छेगाउँकी देवकी रानामगरले अस्थायी टहराले तत्कालका लागि केही राहत दिएता पनि सो बाँसको टहरो खासै काममा नआएको बताएकी छिन् ।
घर बनाउन प्रयोग भएको बाँस किराले खाएर कमजोर भइसकेको छ । किरा, सर्पहरु टहरामा बसेर दुख दिने गरेको पिडितहरुको गुनासो रहेको छ । चौधरी ग््रुपका जनरल म्यानेजर मधुुुसुदन पौडेलले आफूहरुले भनेजस्तै घर बनाइदिएको दाबी गर्र्दै आएका छन् । सो सम्बन्धमा पछिल्लो पटक सम्र्पक गर्दा उनी सम्र्पकमा आउन चाहेनन् । ग्रुपले बनाएको घर भूकम्पपीडिले मर्मत नगर्न चाँडै भत्किएको समेत दाबी गरेको छ । सो घर न्यूनतम पाँच वर्ष सम्म टिक्ने दाबी चौधरीले गरेका थिए । तर सो घरहरु १ वर्षमै बस्न नहुने गरि भत्किएका छन् ।
औसतमा सात सय अमेरिकी डलर खर्च गरेर बनाएको घर अहिले कुन अबस्थामा रहेको छ भनेर खोज्नु पर्ने भएको छ । अन्तर्राष्ट्रिय सस्था प्राइस वाटर्स हाउस कुपर्स (पिडब्लुसी) इण्डिया फाउन्डेसन र सोसल इन्भायरमेन्ट एण्ड इकोलोजिकल डेभलपमेन्ट सोसाइटी (सिड्स) इन्डियासंग सहयोग रकम संकलन गरेर अन्त्यमा पक्कि घर बनाएर हस्तान्तरण गरेको रिपोर्ट बुझाई रकम हिनामिना गरेको अरोप लागेको हो । सो सम्बन्धमा पटकपटक ग्रुपका अध्यक्ष बिनोद चौधरीसंग सम्र्पक गर्दा उनी सम्र्पकमा आउन चाहेनन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!