November 23, 2024, 2:30 pm
» गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दिगो रुपमा हुन्छ : मन्त्री पाण्डे » चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि… » विदेशी शक्तिले सरकार ढाल्ने र बनाउने नेताहरूको भनाइ जनतामाथिको धोका हो : विप्लव » कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना, ३१ जना घाइते » पाकिस्तानमा साम्प्रदायिक हिंसामा ३२ जनाको मृत्यु

सिमलताल पहिरोः बगेका बसका पाँच जनाको शव भेटियो

असार ३१, २०८१ मा प्रकाशित | ४८०दर्शक तीव्रखबर

चितवन, गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुई वटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ ।

भेटिएका शवमध्ये तीन जनाको परिचय खुलेको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार  सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो । भेटिएका मध्ये  दुईजनाको परिचय खुल्न बाँकी छ ।

काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए ।

गौरतर्फ गइरहेको बसमा ३८ जना र काठामाडौँतर्फ गइरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए ।

प्रतिक्रिया