काठमाडौंमा हिमालयन ट्राभल मार्ट जुन १ मा हुने

- May 12, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । हिमालयन ट्राभल मार्ट आगामी  १ देखि ४ जुन २०१७ मा काठमाडौंको सोल्टी होटलमा आयोजना गरिएको छ । नेपाललाई हिमालय क्षेत्रको प्रबेश मार्गको रुपमा स्थापित गर्नुका साथै सम्पूर्ण हिमालय क्षेत्रको पर्यटकीय सम्भाबनाहरुलाई पस्कँदै अग्रणी पर्यटन बजारका रुपमा स्थापित गर्ने उदेश्यका साथ सो मार्टको आयोजना गरिएको जनाईएको छ ।

यस क्षेत्रसँग सम्बन्धित बिश्व पर्यटन बजारका नयाँ तथा पूराना शसक्त टुर अपरेटरहरुलाई क्रेताको रुपमा आमन्त्रण गरी हिमालय क्षेत्रका टुर अपरेटर, ट्राभल एजेन्सी, होटल, एयरलायन्स लगायत अन्य पर्यटकीय सेवा प्रदायक बिक्रेता कम्पनीहरु सँग व्यवसायिक भेटघाटको साथै वि२वि मिटिङ गरि जानकारी गरिने कार्यक्रम समेत रहेको छ । यस प्रकारको भेला बिगतमा १९८९ देखि पाटा द्वारा ६ पटक आयोजना भएतापनि नेपालीको आफ्नै स्वामित्वमा गर्न लागेको यस कार्यक्रममा नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रहेको छ भने मुख्य आयोजक नेपाल पर्यटन बोर्ड, आयोजना साझेदार नेपाल वायुसेवा निगम तथा पाटा रहनुको साथै कार्यकारी आयोजकको भुमिका पाटा नेपाल च्याप्टरले निर्बाह गरेको छ । यस हिमालयन ट्राभल मार्ट २०१७ मा ६० भन्दा बढी बिदेशी क्रेता र ५० भन्दा बढी क्षेत्रीय बिक्रेताको सहभागिता रहने छ ।
जुन ३ र ४ मा हुने बि टु बि मार्टलाई रौनक प्रदान गर्न ट्राभल ब्राण्डिङ्ग, बजार अन्वेषण, अनुसन्धान गन्तव्य जस्ता बिषयहरु समाबेश गरी नेपाल लगायत बिश्व भरका बिज्ञहरुको संलग्नतामा हिमालय ट्राभल कन्फरेन्सको आयोजना २ जुन २०१७ का दिन हुन गईरहेको छ ।  २१ औ शताब्दीमा भईरहेको प्रबिधिको बिकास  र त्यसबाट उत्पादित आयामहरुका कारण मानव सभ्यताले नै नौलो अनुभवहरु भोगिरहदा, सामाजिक संजालको बिकास तथा त्यस मार्फत संप्रेशित लेखन कला वा बिचारहरुले ठुलो जनमानसहरुरलाई आर्कर्षीत गर्न थालेको कारण परम्परागत पत्रकारीता माथी नै चुनौतीका रुपमा स्थापीत भएको ब्लगीङ्ग क्रियाकलाप आज दिन दुगुना रात चौगुना बढ्दै गएको छ ।

अन्य बिधा जस्तै ट्राभल क्षेत्रमा पनि बिशिष्ट लेखन शैलि तथा उत्कृष्ट फोटोहरुको समाबेशबाट आफ्नो भ्रमण अनुभबहरु सामाजिक संजालमा पोष्ट गरिने सामाग्रीहरुको प्रभाबको हिस्सा बढ्दै गएका कारण ट्राभल व्यवसायको प्रबर्धनमा ब्लगीङ्गको महत्व बढिरहेको अवस्थामा नेपालमै पहिलो पटक ‘अन्र्तराष्टिय ब्लगर तथा मिडिया कन्फेरन्स’ आगामी जुन १ तारिक हिमालयन ट्राभल मार्टको सह कार्यक्रमका रुपमा पार्क भिलेज होटल काठमाडौमा हुन गरिने भएको छ । नेपाल लगाएत बिश्व भरका १०० भन्दा बढी मिडिया तथा ब्लगरहरु समाबेस हुने यस कार्यक्रमबाट आगामी दिनमा ब्लगीङ्ग मार्फत नेपाली पर्यटन प्रबर्धनको नयाँ आयाम सुरु हुने बिश्वास गरिएको छ ।

हिमालयन ट्राभल मार्ट, हिमालयन ट्राभल कन्फेर्न्स र ‘अन्र्तराष्ट्रिय ब्लगर तथा मिडिया कन्फेरन्स आयोजनाबाट एकपटक फेरी नेपाली पर्यटन जगतले बिश्व पर्यटन बजारमा छाप प्रदान गर्ने उदेश्यका साथ सफल कार्यान्वयनका लागि अधिकाशं पर्यटन सँग सम्बन्धित संघ संस्थाहरु होटल संघ नेपाल (हान), नेपाल एशोसियसन अफ ट्राभल एण्ड टुर्स एजेन्टस (नाट्टा) टेकिङ्ग एजेन्सिज एशोसियसन अफ नेपाल (टान), नेपाल पर्बतारोहण संघ, नाट्टो, सोटो, टुरगान, रेबान, हिमालय उद्धार संघ, आरोहण संचालक संघ रहेको पाटा नेपाल च्याप्टर अध्यक्ष सुमन पाण्डेले बताएका छन् ।

एयर लाइन्स अपरेटर्स एसोशियशन, भिटोफ,पोखरा पर्यटन कान्सिल, नेपाल पर्यटक यातायात ब्याबसायिक संघ ,सहयोगी आयोजकका रुपमा रहेका छन । हिमालयन ट्राभल मार्टको मुख्य प्रायोजकका रुपमा सोल्टी होटल लिमिटेड अफिसियल होटल तथा एयर इन्डिया अफिसियल एयरलाईन्स रहेका छन् भने अन्तर्राष्ट्रि मिडिया तथा ब्लगरका सम्मेलनका लागि केजीएच ग्रुप आफ होटल अफिसियल रहेको छ ।

काठमाडौं, पोखरा, चितवनका होटलहरु द्घारा प्रदान गरिएको करीब १२०० कोठाहरु तथा थाईएयरवयज, टर्किस एयरलाईन्स, इथोपियन एयर, एयर अरेबिया आदि द्घारा प्रदान गरिएको पूर्ण तथा आशिंक हवाई टिकट छुटका साथै अन्य सेवा तथा सामाग्री प्रायोजन मार्फत करीब तीन करोडको सहयोगको पाटा नेपाल च्याप्टरद्वारा प्रर्बधन गरिएको छ । सो कार्यक्रमकालागि  नेपाल पर्यटन बोर्डले १ करोड रुपैयाँ रकम विनियोजन गरेको छ ।
भारत तथा चीनको बढ्दो पर्यटन बजारलाई मध्यनजर गर्दै आगामी दिनमा नेपालमा माईस पर्यटनको सम्भाबना रहँदा रहँदै पनि उपयुक्त माईस जनशक्ति तथा सामाग्री र व्यस्थापनको अभाबमा यी क्षेत्रले उल्लेख्य फड्का्े मार्न सकेको छैन । यस तथ्यलाई दृष्टिगत गरि काठमाडौमा रहेको ८ वटा पर्यटन सँग सम्बन्धित कलेज र त्यहाँ रहेका पाटा स्टुडेन्ट च्याप्टर मार्फत ६० जना बिद्यार्थीहरुलाई इभेन्ट व्यवस्थापन सम्बन्धि २ महिना तालिम संचालन गर्नुका साथै यस हिमालयन  ट्राभल मार्ट आयोजनाको बिभिन्न बिधामा समाबेश गर्दै दक्ष माईस जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित यस्ता धेरै मौलिक उदेश्यहरु, पहिलो पटक हुन गईरहेको हिमालयन ट्राभल मार्टले बोकेको दाबी आयोजकको रहेको छ ।
सन २०११ को नेपाल पर्यटन बर्ष पछि नेपाली पर्यटन उद्योगमा खासै उल्लेखनीय कार्यक्रम हुन नसकेको अवस्थामा तथा भुकम्पको पीडा पश्चात बामे सर्दै गरेको नेपाली पर्यटन क्षेत्रले चाडै हुन लागेको स्थानीय निर्बाचनका बाबजुद यस कार्यक्रम मार्फत पनि बिश्व बजारमा ठोस प्रभाब छोडन सक्ने अबस्था रहेको हुदाँ हामी सबै मिलेर यस पबित्र अभियानलाई सफल पार्न आफ्नो आफ्नो क्षेत्रबाट यथाशक्य प्रयासका लागि सरकार, पर्यटन बोर्ड, संघ संस्था, राजनैतिक, आर्थिक तथा सामाजिक नेतृत्व लगाएतलाई आग्रह समेत गरिएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!