रासायनिक मलको बजेट अपर्याप्त छ : जनमत सांसद

- June 11, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । जनमत पार्टी सांसद अब्दुल खानले कृषि मन्त्रालयले छुट्याएको बजेटमा रासायनिक मलका लागि रकम अपर्याप्त रहेको बताएका छन् ।

संसदमा बजेटमाथि मन्त्रालयगत छलफलमा उनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि मलखाद, किटनाशकका लागि छुट्याएको बजेटले नपुग्ने बताएका हुन् ।

उनले कृषिमा जति राम्रो काम गरे पनि किसानले समयमै मल बिउ पाउन नसकेपछि त्यसको अर्थ नहुने बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट