करिब ४२ किलो अवैध लागूऔषध गाँजा बरामद

- June 9, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बारा, जितपुरसिमरा उपमहानगरपालिका-१ पथलैयास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ३२ किलो आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको प्र.०३-००२ प ५८५४ नम्बरको मोटरसाइकल जाँच गर्न खोज्दा चालक मोटरसाइकल छाडी फरार भएपश्चात मोटरसाइकलमा ल्याएको उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

यसैगरी बारा, सिम्रौनगढ नगरपालिका-१ हनुमानचोकबाट अवैध लागूऔषध गाँजा १० किलो शनिबार बेलुकी प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी श्रीनगर र इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको संयुक्त टोलीलाई देख्नासाथ नयकाटोलबाट भारततर्फ जाँदै गरेको बिआर ०५ सी ७०५४ नम्बरको मोटरसाइकल चालक मोटरसाइकल छाडी फरार भएपश्चात मोटरसाइकलमा रहेको उक्त गाँजा फेला पारी प्रहरीले बरामद गरेको हो ।

प्रहरीले हाल फरार दुवै मोटरसाइकल चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!